नेभिगेशन
समाज

माओवादीको मौजुदा केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २०८२ साल मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

महाधिवेशन सम्पन्न गर्नका लागि पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

अध्यक्ष लगाएत सवै पदाधिकारीको व्यवस्था स्थगीत गर्ने र महाधिवेशनमा युवाहरुको अधिकतम सहभागीताको वातावरण बनाउने निर्णय बैठकले गरेको छ । पदाधिकारी र केन्द्रीय समिति भंग भइसकेको अवस्थामा पार्टीका नियमित गतिविधिलाई अघि बढाउन सचिवालय गठन गरिने उनले बताए । 

बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने र पार्टी निर्वाचनमा होमिने निर्णय गरेको छ । त्यसैगरि बैठकले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेकाले समाजवादी मोर्चामा रहेका दललाई पार्टी एकता र ध्रुविकरणको प्रक्रिया अघि बढाइने निर्णय गरेको सापकोटाले बताए । बैठकले सम्पती छानविन आयोग बनाएर सम्पतीको छानविन गर्ने र त्यसको सुरुवात पार्टी पदाधिकारीबाट गर्ने निर्णय समेत गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

क्षतिग्रस्त संरचनाको सम्बन्धीत निकायसंग समन्वय गरि स्वयंसेवक तथा आवश्यक सहयोगको परिचालन गर्ने, पार्टीको क्षतिग्रस्त संरचना र अन्य संरचना निर्माण गर्न पार्टीको तर्फबाट पहल गर्ने निर्णय बैठकले गरेको छ । बैठकले प्रचण्डको राजनितिक एंव संगठनात्मक प्रस्तावलाई पारित गरेको छ । प्रचण्डको प्रस्तावमा असहमति जनाउदै प्रस्तुत भएका प्रस्तावलाई आत्मसाथ गर्दै महाधिवेशनसम्म छलफल गर्ने निर्णय माओवादीले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै