नेभिगेशन
मुख्य समाचार

केपी ओली भन्छन्ः 'विदेश भाग्ने कुरा सोच्न पनि सकिदैन, २३ गते चलेको गोली शंकास्पद'

काटमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालले शनिबार भक्तपुरको गुण्डुमा आयोजना गरको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताएका हुन् । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुनेको भन्दै ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश भाग्ने कुरा सोच्न पनि नसकिने बताए । 

उनले जेनजी आन्दोलनमा क्रममा शंकास्पद ढंगले गोली चलेको र तोडफोड, आगजनीको घटना भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने बताए । उनले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई आफुले गम्भीरतापूर्वक लिएको बताए । आफुमाथि लगाएका आरोपप्रति जवाफदेही हुने भन्दै उनले देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष ओलीले देश बनाउने पार्टी एमाले नै भएकाले हरेस नखान नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै उनले देश जोगाउन राष्ट्रिय एकता आवश्यक रहेकाले एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ । खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका...
नेपाली व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

नेपाली व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट...
दुर्गा प्रसाईको महाअभियानका सबै विरोध कार्यक्रम फिर्ता

दुर्गा प्रसाईको महाअभियानका सबै विरोध कार्यक्रम फिर्ता

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर...
‘बोलेरो’  दुर्घटनामा मृत्यु

‘बोलेरो’  दुर्घटनामा मृत्यु

दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको...