नेभिगेशन
समाज

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

वीरगंज । एशियाली विकास बैंक (ADB), नेपाल सरकारको शहरी विकास मन्त्रालय र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई माछापालन गरी करोडौं रुपैयाँ बराबरको राज्यकोष दुरुपयोग गरिएको उल्लेख छ । 

Ncell
Extreme Energy

उजुरीमा जनाइएअनुसार करिब २७ करोड रुपैयाँ लगानीमा निर्मित उक्त प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर शहरको फोहोर पानी प्रशोधन गर्ने उद्देश्य रहेकोमा, ती व्यक्तिहरूले ४ वटा ड्याममा करिब २ फिट माटो पुरेर माछापालन गरेका छन् । 

सोही क्रममा प्रशोधित पानीको आपूर्ति रोक्दै, बिना कुनै सम्झौता माछा र बाख्रा पालन गरी पटक–पटक बिक्री वितरण गर्दै व्यक्तिगत लाभ लिएको आरोप लगाइएको छ । अख्तियारका अधिकारीहरूले दिएको जानकारी अनुसार, उजुरीको प्रारम्भिक अध्ययनपछि टोली खटाई वीरगंज महानगरको फोहोर पानी प्रशोधन केन्द्रमा छापा मारिएको हो। 

छापामारीका क्रममा माछापालनका प्रमाण र अन्य सम्बन्धित कागजात समेत सङ्कलन गरिएको बताइएको छ । यो विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
बिरामी आमा छाडेर खटिएँ उद्धारमा

बिरामी आमा छाडेर खटिएँ उद्धारमा

हामीले १८ गते बेलुकासम्ममा सुरुङको प्रवेश बिन्दु पत्ता लगायौँ । अनि १९ गते त्यो सुरुङबाट प्रवेश गर्न सफल भयौँ । हामी १८ गते बिहान नै  प्रवेश बिन्दुमा पुगिसकेका...
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।