नेभिगेशन
समाज

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

वीरगंज । एशियाली विकास बैंक (ADB), नेपाल सरकारको शहरी विकास मन्त्रालय र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । 

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई माछापालन गरी करोडौं रुपैयाँ बराबरको राज्यकोष दुरुपयोग गरिएको उल्लेख छ । 

CG

उजुरीमा जनाइएअनुसार करिब २७ करोड रुपैयाँ लगानीमा निर्मित उक्त प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर शहरको फोहोर पानी प्रशोधन गर्ने उद्देश्य रहेकोमा, ती व्यक्तिहरूले ४ वटा ड्याममा करिब २ फिट माटो पुरेर माछापालन गरेका छन् । 

सोही क्रममा प्रशोधित पानीको आपूर्ति रोक्दै, बिना कुनै सम्झौता माछा र बाख्रा पालन गरी पटक–पटक बिक्री वितरण गर्दै व्यक्तिगत लाभ लिएको आरोप लगाइएको छ । अख्तियारका अधिकारीहरूले दिएको जानकारी अनुसार, उजुरीको प्रारम्भिक अध्ययनपछि टोली खटाई वीरगंज महानगरको फोहोर पानी प्रशोधन केन्द्रमा छापा मारिएको हो। 

छापामारीका क्रममा माछापालनका प्रमाण र अन्य सम्बन्धित कागजात समेत सङ्कलन गरिएको बताइएको छ । यो विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

त्यहाँ शनिबार बिहान आयोजित स्वागत सभामा सहभागी भएका उनी काठमाडौँ फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा पञ्चेबाजासहित नेता कार्यकर्ता र समर्थकहरू पुगेका थिए ।
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो...