नेभिगेशन
समाज

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

बर्दिया । दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा आउने गरेका छन् । यो संरक्षण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किमी दूरीमा गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको छ । कृष्णसार संरक्षण क्षेत्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी, सार्क र विदेशका गरी ४ हजार ६ सय पर्यटकले कृष्णसार अवलोकन गरेका थिए ।यस आर्थिक वर्षमा भने बर्सातको मौसमका कारण पर्यटक कम आएका बताइएको छ । पर्यटकहरु दिनभर अवलोकन गरेपछि बर्दिया निकुञ्जमा रहेका होटेलमा फर्किने गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई ५ सय र नेपालीलाई सय रुपैयाँ रहेको छ । हाल कृष्णसार संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार रहेका छन् । सरकारले २०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । यसको क्षेत्रफल १६.९५ वर्ग कि.मि. रहेको छ । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ ।

Ncell
Extreme Energy

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ । त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ । यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ । कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भैरहेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

krishnasar-1-1762146541.jpg

krishnasar-5-1762146539.jpg

krishnasar-4-1762146540.jpg

krishnasar-3-1762146540.jpg

krishnasar-2-1762146540.jpg

krishnasar-8-1762146539.jpg

krishnasar-7-1762146539.jpg

krishnasar-6-1762146539.jpg

krishnasar-12-1762146537.jpg

krishnasar-11-1762146538.jpg

krishnasar-10-1762146538.jpg

krishnasar-9-1762146538.jpg

krishnasar-15-1762146537.jpg

krishnasar-14-1762146537.jpg

krishnasar-13-1762146537.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै