नेभिगेशन
मुख्य समाचार

राजा महेन्द्रले बसाएको व्यवस्थित शहर महेन्द्रनगर

काठमाडौँ । अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरुमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो । राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेनन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको स्थानीय जानकारहरु बताउँछन् । त्यसयता मानिसहरु पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ । पहिले बेलौरीमा रहेको कञ्चनपुर  जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो ।

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ । गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ । सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् ।
तस्बिरहरुः प्रकाश चन्द्र तिमिल्सेनार नेपाल फोटो लाइब्रेरी

CG

Mahendranagar-sidhakura_-3-1762407747.jpg

Mahendranagar-sidhakura_-4-1762407747.jpg

Mahendranagar-sidhakura_-1-1762407747.jpg

Mahendranagar-sidhakura_-2-1762407747.jpg

Mahendranagar-sidhakura_-6-1762407745.jpg

Mahendranagar-sidhakura_-5-1762407745.jpg

Mahendranagar-sidhakura_-8-1762407744.jpg

Mahendranagar-sidhakura_-7-1762407744.jpg

Mahendranagar-sidhakura_-9-1762407743.jpg

Mahendranagar-sidhakura_-10-1762407743.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि काठमाडौँमा प्रदर्शन गरेका हुन ।
वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु)

वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु)

आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयलमा केहिबेर पहिले बैठक सुरुभएको हो । आइतबारको बैठकमा आगामी निर्वाचन र पार्टी समायोजनका विषयमा बैठक केन्द्रीत भएको जनाइएको छ ।
रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु)

रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु)

बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुग्ने क्रम चलिरहेको छ । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् ।
यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । त्यसपछि फिनिसिङ र ग्राउण्डको काम...