नेभिगेशन
समाज

उन्नत जातका धानखेतीतर्फ किसान आकर्षित

म्याग्दी । गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो । तर, अहिले यहाँका फाँटमा स्थानीय जातको धान पाउन करिब मुस्किल हुने भएको छ ।

Ncell
Extreme Energy

जिल्लास्थित कृषि प्राविधिकका अनुसार अहिले यहाँ स्थानीय जातका धान लगाउने चलन करिब हराइसकेको छ । रैथाने धानका विकल्पमा नयाँ–नयाँ उन्नत जातका धान लगाउने चलन बढ्दो छ । बेनी नगरपालिका–१ रत्नेचौरमा उत्पादन हुने औषधीय गुणसमेत भएको ‘जौधान’ लगाउन छोडेपछि यहाँस्थित लोकप्रिय एवं प्रसिद्ध ‘भुजा’ इतिहासमा सीमित बन्न पुगेको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय जातको धानको बीउ संरक्षण र उत्पादनमा जोड दिए पनि कृषकले नै उन्नत जातको धान रोज्न थालेपछि स्थानीय धान संरक्षण अभियान सङ्कटमा परेको स्पष्ट गरेको छ । जिल्लाको मङ्गला गाउँपालिकाले रैथाने जातका धानको बीउ संरक्षणका लागि पहल गरिरहेको कृषि प्राविधिक प्रशान्त पौडेल बताए ।

रैथाने जातका धान बालीमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले रोग प्रतिरोधी जातसँग ‘क्रसिङ’ गरेर परम्परागत जातहरू संरक्षण गर्ने अभियानमा पालिका जुटेको छ । लोपोन्मुख जातको संरक्षणका लागि बीउ सङ्कलन गरी खुमलटारस्थित ‘जिन’ बैङ्कमा राख्ने गरिएको प्राविधिक पौडेलले बताए ।

वासनामय ‘गौरिया’ धान अहिले बगरफाँटका खेतमा पाइनै छाडेको स्थानीय पदमपाणि शर्मा बताउछन् । उनका अनुसार पहिलापहिला बगरफाँटमा झुल्ने गौरिया र गुडुरा धान खेत वरपरसमेत हरहर बास्ना आउने गरेकामा अहिले रासायनिक मल प्रयोग गरेकै कारण होला, भान्छामा पनि बास्ना आउन छाडेको छ ।

“उत्पादन त कम हुने नै भयो, पहिलोको तुलनामा स्वाद पनि हराएको छ,” उनले भने, समुद्री सतहबाट करिब ३०० मिटरदेखि एक हजार २०० मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, गुडुरा, आँगा, जौ, भट्टे, मार्सी, ठिमुहा, जेठोबुढो, पोखरेली, ताकमारे बर्मेली, एक्लेजस्ता धान विस्थापित नै भइसकेको कृषकहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गौरीया, गुडुरा जेठो बूढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङजस्ता रैथाने जातका धान लगाउने चलन कम हुँदै गएको र  माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेतीतर्फ कृषक आकर्षित हुने गरेको देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ ।
रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।