नेभिगेशन
क्रिकेट

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौँ । बिहीबारदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले  स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर  पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको हो । नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले ६५ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन । त्यसैगरी ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सरार्फ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए ।

Ncell
Extreme Energy

दीपक डुम्रेले  अविजित २३ रन बनाए ।स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान २/ २ विकेट लिए भने ओलिभर डेभिडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए । स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
‘मै पनि कांग्रेस हुन्थेँ होला...’

‘मै पनि कांग्रेस हुन्थेँ होला...’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले पार्टीको निष्ठा, मूल्य–मान्यता र त्यागको राजनीतिलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।
गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन्।
कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट र अनौपचारिक संवादका दृश्य देखिएका छन्।
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन नयाँ यात्राको सुरुवात भएको बताएका छन्।