नेभिगेशन
समाज

गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापालाई बधाई दिँदै आफूले उनको नेतृत्व क्षमता यसअघि नै देखेको बताए।

Ncell
Extreme Energy

आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले थापा अन्ततः देशको नेतृत्व गर्ने अवस्थामा पुग्न सक्ने आफूले त्यतिबेलै बताएको उल्लेख गरे।

‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ उनले भने।

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको प्रचण्डको भनाइ थियो।

‘यो क्रमभंग हो। निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उनले भने।

प्रचण्डले कांग्रेसभित्र छुटेका नेता तथा समूहलाई समेत समेटेर पार्टीलाई थप एकताबद्ध बनाउन थापालाई आग्रह गरे।

उनले थापालाई पार्टीको नेतृत्वमा मात्र सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्न आग्रह गर्दै त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए।

‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भने।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै उनले प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

शान्ति सम्झौताका केही विषय अझै टुंगिन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती विषय समयमै समाधान गर्नुपर्ने बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो।

‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ। यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उनले भने।

मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले कांग्रेसको नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।

भर्खरै