नेभिगेशन
समाज

सरकार दल, संसद् र जनतासँग संवाद गर्न तयार छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार राजनीतिक दल, संसद् र जनतासँग संवाद गर्न तयार नरहेको आरोप लगाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउन रास्वपा सभापति रवि लामिछानेले निरन्तर प्रयत्न गरे पनि सरकारले संवादको पहल नगरेको आरोप लगाए।

Ncell
Extreme Energy

जनताबाट निर्वाचित प्रधानमन्त्रीले संसद् र संसदीय दलहरूलाई नचिन्नु तथा जनताका कुरा नसुन्नुले लोकतन्त्रको भविष्यमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो।

पोखरेलले देश स्वेच्छाचारी शासन र अधिनायकवादतर्फ उन्मुख भइरहेको आभास भएको भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेससहित सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू फेरि एकपटक एकजुट हुनुपर्ने बताए।

राणाशासन, पञ्चायत र राजा ज्ञानेन्द्रको शासनविरुद्ध विगतमा राजनीतिक दलहरू संयुक्त रूपमा लडेको स्मरण गर्दै उनले अहिले पनि लोकतन्त्रको रक्षाका लागि सामूहिक नेतृत्व आवश्यक रहेको बताए।

इतिहासबाट पाठ सिक्न नसक्नेहरू सजायका भागीदार हुने भन्दै पोखरेलले युवाहरूका सपना र आशालाई निराशामा बदल्न नहुने बताए।

कांग्रेसको १५औँ महाधिवेशनले इतिहासको गौरवलाई भविष्यको योजनामा रूपान्तरण गर्दै नयाँ पुस्ताका भावना र चाहनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै उनले महाधिवेशन सफलताको शुभकामना दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक शक्ति उसको लामो इतिहास भएको बताएका छन्।
लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारी गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
शिक्षामन्त्री पोखरेल भन्छन्– दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुहोस्

शिक्षामन्त्री पोखरेल भन्छन्– दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुहोस्

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै हुने भन्दै प्रतियोगिता सर्नेमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।