नेभिगेशन
समाज

वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई शुभकामना दिँदै अध्यक्ष लिङ्देनले पछिल्लो ६ महिनाका घटनाक्रमले व्यक्ति परिवर्तन गर्दैमा मात्रै समस्याको समाधान नहुने देखाएको बताए।

Ncell
Extreme Energy

वर्तमान व्यवस्था र संविधानमै त्रुटि रहेकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

संविधान गीता, बाइबल वा कुरानजस्तो अपरिवर्तनीय दस्तावेज नभएको भन्दै लिङ्देनले समय र आवश्यकताअनुसार संविधानमा देखिएका त्रुटि सच्याउनुपर्ने बताए।

देश बिग्रँदा त्यसको क्षति कुनै एउटा दल वा सत्तामा बस्ने व्यक्तिले मात्रै नभई सिंगो देश र सबै नागरिकले व्यहोर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन्।
कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट र अनौपचारिक संवादका दृश्य देखिएका छन्।
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन नयाँ यात्राको सुरुवात भएको बताएका छन्।
मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिएका मथुराप्रसाद श्रेष्ठलाई कांग्रेसको सम्मान

मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिएका मथुराप्रसाद श्रेष्ठलाई कांग्रेसको सम्मान

नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।

भर्खरै