नेभिगेशन
समाज

‘मै पनि कांग्रेस हुन्थेँ होला...’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले पार्टीको निष्ठा, मूल्य–मान्यता र त्यागको राजनीतिलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसले भौतिक पुँजी भएकाभन्दा पार्टीप्रति निष्ठा र योगदान भएकाहरूलाई महत्त्व दिएको भए आफू कांग्रेस हुन सक्ने बताएका हुन्।

Ncell
Extreme Energy

‘मै पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठा, मूल्य–मान्यता र पार्टीको पुँजीलाई महत्त्व दिएको भए, भौतिक पुँजी भएकाहरूलाई महत्त्व नदिएको भए,’ उनले भने।

दुर्गम र पिछडिएका क्षेत्रका नागरिकलाई समानुपातिक प्रतिनिधित्वका नाममा अवसर दिएको भए र अवसर पाइसकेका व्यक्तिहरूलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए आफू कांग्रेस हुन सक्ने लामिछानेले बताए।

त्यस्तै, कांग्रेसले नेतृत्वमा नयाँ पुस्तालाई समयमै अवसर दिएको भए पनि आफू कांग्रेस हुन सक्ने उनको भनाइ थियो।

‘मै पनि कांग्रेस हुन्थेँ होला, यदि ५० वर्षको सभापति पाउँदा गौरवबोध गर्नुभएको छ। ४० वर्षमै सभापति बन्न प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि कांग्रेस हुन्थेँ होला,’ उनले भने।

कांग्रेसले आफ्नो चुनाव चिह्न रूखलाई छाडेर अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्न आग्रह नगरेको भए पनि आफू कांग्रेस हुन सक्ने लामिछानेले व्यंग्य गरे।

‘कांग्रेसले यस्तो लहलहाउँदो रूख चिह्नलाई छाडेर अर्कै पार्टीको अर्कै चिह्नमा भोट हाल नभनेको भए मै पनि कांग्रेस हुन्थेँ होला,’ उनले भने।

यद्यपि, विगतका मतभेदलाई लिएर आफूहरूबीच दूरी नराख्ने संकेत गर्दै लामिछानेले मुलुकको जिम्मेवारी पूरा गर्न राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने बताए।

‘तर केही छैन, मुलुकको जिम्मेवारीमा मिलेरै अगाडि बढ्ने हो,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।

भर्खरै