नेभिगेशन
समाज

रास्वपा सांसद जगदीश खरेलले भने– म माथि मिडिया ट्रायल भयो

काठमाडौँ । पूर्वसञ्चारमन्त्री एवम् रास्वपा सांसद जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।

केही दिनयता, केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा स्मार्ट टेलिकमसँग जोडेर पूर्वसञ्चारमन्त्री खरेलको आलोचना भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनदेखि स्विट्जरल्याण्डमा रहेका खरेलले आफूमाथि उठेका विषयलाई लिएर आज सामाजिक सञ्जालमा संक्षिप्त जवाफ दिएका छन् । उनले भनेका छन्– अहिले म माथि मिडिया ट्रायल भएको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रुपमा फेक न्युज फैलाइएको छ ।’

Ncell
Extreme Energy

उनले भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोच्न पनि चेतावनी दिएका छन् । आफूले कुनै गल्ती नगरेको बताउँदै सांसद खरेलले आफूविरुद्ध फैलाइएका अफवाहविरुद्ध कानुनी उपचार खोज्ने पनि चेतावनी दिएका छन् ।

यस्तो छ उनको संक्षिप्त जवाफ
प्रिय शुभचिन्तकहरु,
अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा  स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।