नेभिगेशन
मुख्य समाचार

गुल्मीमा बिहीबारदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।

CG

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ ।

निगमले काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार चार वर्षे कार्यकालका लागि परिषद्को केन्द्रीय सदस्यमा मनोनयन गरिएका न्यौपानेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन्...
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर...
बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

‘उहाँसँग सहमति नै हुन सक्दैन । म सहमतिको प्रयास गर्दा गर्दै पहिल्यै थाकिसकेको हुँ,’ कुलमानसागको एकता भंगबारे रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो ।

भर्खरै