नेभिगेशन
समाज

जेनजी आन्दोलनका माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका हुन ।

Ncell
Extreme Energy

उनले आफुहरुलाई बिभिन्न दलसंग जोडेर टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाएका हुन । आफु कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफु नलड्ने उनले स्पष्ट पारे ।

उनले जनेजी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत रहनु राम्रो नभएको बताए । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए । गृहमन्त्रीले गरेको प्रतिवद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।