नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनका माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका छन् ।

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिएका हुन ।

उनले आफुहरुलाई बिभिन्न दलसंग जोडेर टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाएका हुन । आफु कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफु नलड्ने उनले स्पष्ट पारे ।

उनले जनेजी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत रहनु राम्रो नभएको बताए । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताए । गृहमन्त्रीले गरेको प्रतिवद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

बिहीबार यी दुई टोलीबीच भएको खेल टाइ भएको हो । पहिले ब्यटिंग गरेको काठमाडौँ गोर्खाजले दिएको एक सय ६८ रनको लक्ष्य दिएको थियो ।
युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको होः गृहमन्त्री अर्याल

युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको होः गृहमन्त्री अर्याल

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको...
जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण

जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण

निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)...