नेभिगेशन
मुख्य समाचार

युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको होः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताए ।

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताए ।

गृहमन्त्री अर्यालले भने, “स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न राजनीतिक दल, सरोकारवाला र कूटनीतिक नियोगका प्रमुखलगायतसँग छलफल एवं परामर्श गरिएको छ ।” मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको उनको भनाइ छ ।

निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको जानकारी दिँदै गृहमन्त्रीले कार्यदलले पेस गरेको प्रतिवेदनलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयमा ल्याइने बताए ।

गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानुन संशोधनको गृहकार्य अगाडि बढेको स्पष्ट पारे । “ युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ”, उनले भने, “यसबाट दुई लाख बढी मतदाता थप भएका छन् ।”

निर्वाचनको लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने श्रोत र साधनको कतिपय व्यवस्थापन भइसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको गृहमन्त्रीको भनाइ छ ।

“फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भीरतापूर्वक अघि बढेको छ”, उनले भने, “सम्पूर्ण चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ ।”

वर्तमान सरकारसँग देश र आमजनताको उच्च अपेक्षा रहेको जनाउँदै गृहमन्त्रीले छोटो अवधिको बावजुद जनताका आकांक्षालाई कानुनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा विश्वस्त छौँ”,।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

बिहीबार यी दुई टोलीबीच भएको खेल टाइ भएको हो । पहिले ब्यटिंग गरेको काठमाडौँ गोर्खाजले दिएको एक सय ६८ रनको लक्ष्य दिएको थियो ।
जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण

जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण

निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)...
जेनजी आन्दोलनका माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी

जेनजी आन्दोलनका माग पुरा नभएसम्म चूनाव हुन नदिने सुधन गुरुङको चेतावनी

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा...