नेभिगेशन
मुख्य समाचार

नेपाल-भारत पारवहन सन्धि प्रोटोकल संशोधन, समुन्द्रसम्मको व्यापारमा लागत र समय बचत हुने

काठमाडौँ । नेपाल भारत पारवहन सन्धि प्रोटोकल संशोधन भएको छ । भारत भ्रमणमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको प्रतिनिधि मण्डल र भारतीय समकक्षी पीयूष गोयल बीचको बैठकले प्रोटोकल संशोधन गरेको हो । 

बिहीबार भएको उक्त सम्झौताबाट भारतको कलकत्ता र बिशाखापटनम हुँदै नेपालका नाकासम्म रेल मार्फत हुने कार्गो ढुवानीको कोटा प्रणाली खारेज भएको छ ।

CG

प्रोटोकलमा भएको यस्तो संशोधनबाट भारतको स्थलमार्ग भएर समुन्द्री पहुँचसम्म नेपालले गर्ने व्यापारको लागत घट्ने छ । जसबाट नेपाली व्यवसायीलाई आफ्नो व्यापार वृद्धिमा समय र लागत दुवै कम पर्ने र लाभ बढ्नेछ । 

विद्यामान व्यवस्थाअनुसार भारतको कलकत्ता र विशाखापटनमबाट नेपालको विराटनगर (जोगवनी) र कलकत्ता र विशाखापटनमबाट नौतनवा (सुनाैली ) सम्म र त्यहाँबाट स्थलमार्ग हुँदै भैरहवासम्म हुने कार्गो ढुवानीमा चार वटा ब्लक कार्गो मात्रै ढुवानी गर्न पाइने व्यवस्था थियो । 

तर, प्रोटोकलमा भएको नयाँ संशोधन पछि यो व्यवस्था हटेको छ र अब व्यवसायीले सबै किसिमको कार्गो ढुवानी गर्न वाधा नपर्ने व्यवस्था गरिएको उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए । 

साथै भेटमा दुई देश बीचको व्यापार सहजिकरणका लागि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणीकरण प्रक्रिया सहज बनाउने विषयमा समेत छलफलमा रहेका विषयलाई निष्कर्षमा पु¥याउने समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

industry-1763042565.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

विज्ञप्तिमा भनिएको छ, “निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको...
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ...
गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक...