नेभिगेशन
समाज

नेपाल-भारत पारवहन सन्धि प्रोटोकल संशोधन, समुन्द्रसम्मको व्यापारमा लागत र समय बचत हुने

काठमाडौँ । नेपाल भारत पारवहन सन्धि प्रोटोकल संशोधन भएको छ । भारत भ्रमणमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको प्रतिनिधि मण्डल र भारतीय समकक्षी पीयूष गोयल बीचको बैठकले प्रोटोकल संशोधन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार भएको उक्त सम्झौताबाट भारतको कलकत्ता र बिशाखापटनम हुँदै नेपालका नाकासम्म रेल मार्फत हुने कार्गो ढुवानीको कोटा प्रणाली खारेज भएको छ ।

Ncell
Extreme Energy

प्रोटोकलमा भएको यस्तो संशोधनबाट भारतको स्थलमार्ग भएर समुन्द्री पहुँचसम्म नेपालले गर्ने व्यापारको लागत घट्ने छ । जसबाट नेपाली व्यवसायीलाई आफ्नो व्यापार वृद्धिमा समय र लागत दुवै कम पर्ने र लाभ बढ्नेछ । 

विद्यामान व्यवस्थाअनुसार भारतको कलकत्ता र विशाखापटनमबाट नेपालको विराटनगर (जोगवनी) र कलकत्ता र विशाखापटनमबाट नौतनवा (सुनाैली ) सम्म र त्यहाँबाट स्थलमार्ग हुँदै भैरहवासम्म हुने कार्गो ढुवानीमा चार वटा ब्लक कार्गो मात्रै ढुवानी गर्न पाइने व्यवस्था थियो । 

तर, प्रोटोकलमा भएको नयाँ संशोधन पछि यो व्यवस्था हटेको छ र अब व्यवसायीले सबै किसिमको कार्गो ढुवानी गर्न वाधा नपर्ने व्यवस्था गरिएको उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए । 

साथै भेटमा दुई देश बीचको व्यापार सहजिकरणका लागि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणीकरण प्रक्रिया सहज बनाउने विषयमा समेत छलफलमा रहेका विषयलाई निष्कर्षमा पु¥याउने समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

industry-1763042565.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...