नेभिगेशन
मुख्य समाचार

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

काठमाडौँ । एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताएका छन् ।  

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताए । 

सञ्चारमन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उनले भने, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान  मिलेको छ । यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ ।”

सञ्चारमन्त्री खरेलले केन्द्रलाई  प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे । साथै उनले एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्रनिर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गरे । सञ्चारमन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...
पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

संयोजक दाहालको सचिवालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै शुक्रबार उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।

भर्खरै