नेभिगेशन
मुख्य समाचार

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गरेका छन् ।

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै शुक्रबार उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।

सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालमा लगानी भित्र्याउने वातावरण बनाउनका लागि पनि भूमिका खेल्न राजदूतलाई आग्रह गरे ।

दूतावासको भूमिकाका विषयमा विभिन्न गुनासा आइरहेकाले दुई देशबीच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न, दुई देशबीचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गरिएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

राजदूत डा शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गरे । उनले नेपाल र नेपालीको हक,  हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताए । 

सोही अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि दूतावासको ध्यानाकर्षण गराएका थिए ।

उनले कोरियामा रोजगारीका लागि आएका नेपालीले मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न पनि आग्रह गरे । सञ्चारमन्त्री खरेलले दूतावासमा दरबन्दीअनुसार थप जनशक्ति पठाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

उनले नेपाल ‘जेनजी’ प्रदर्शनपछि स्थिरता कायम भई देश लयमा फर्किएको र निर्वाचनउन्मुख भएको सन्देश दूतावास र कूटनीतिक नियोगले प्रशाह गर्नुपर्नेमा जोड दिएका थिए ।

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते त्यहाँ गएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...
पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

संयोजक दाहालको सचिवालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई...