नेभिगेशन
मुख्य समाचार

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

काठमाडौँ । कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन् ।

संयोजक दाहालको सचिवालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।

सचिवालयले भनेको छ, “निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो, कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्‍याइएको हो, यो कुनै अलग संरचना होइन, विधानबमोजिम संरचना बनाउन बाँकी छ ।”

पार्टी संयोजक र सह–संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने संयोजक दाहालको भनाइ छ । त्यसका लागि गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समितिसहित सबै संरचनासमेत यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढेको छ ।

यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचन प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...
कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै शुक्रबार उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।