नेभिगेशन
समाज

मुस्ताङका हिउँचितुवा पीडितलाई राहत वितरण

मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमद्वारा यहाँका हिउँचितुवा पीडित २६ घरधुरीलाई वन्यजन्तु क्षति राहत हस्तान्तरण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक्यापले संरक्षित हिउँचितुवा र चितुवाको आक्रमणबाट पशुधनमा भएको क्षति राहत सम्बन्धित घरधुरीको बैंक खातामा भुक्तानी गराएको जनाएको छ ।

Extreme Energy
citizen life

बिहीबार जोमसोमस्थित एक्याप कार्यालयमा आयोजित वन्यजन्तु संरक्षण सचेतना गोष्ठी तथा राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख एवं संरक्षण अधिकृत राजेश गुप्ताले दुई वर्षदेखि रोकिएको वन्यजन्तु क्षति राहत सम्बन्धित पशुपालक घरधुरीलाई वितरण गराई भौचर हस्तान्तरण गरिएको जानकारी दिए ।

आव २०८० र ८१ र आव २०८१ र ८२ मा वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका गरी कूल २६ घरधुरीको १११ पशुधन क्षति भएवापतको रु १३ लाख १८ हजार राहतस्वरुप हस्तान्तरण भएको जनाइएको छ ।

कार्यालय प्रमुख राजेश गुप्तका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा वन्यजन्तु क्षति राहत रकम पाउन नसकेकालाई एक्यापको वन्यजन्तु क्षति राहतको आपत्कालीन कोषबाट सम्बोधन हुने गरी राहत उपलब्ध गराइएको हो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका पाँच घुरधुरीका २४ पशुधनको रु दुई लाख ३६ हजार, घरपझोङ गाउँपालिकाअन्तर्गतका ११ घरधुरीका ६९ पशुधनको क्षति राहत रु सात लाख २५ हजार र थासाङ गाउँपालिकाअन्तर्गतका १० घरधुरीका लागि ३० पशुधन क्षति भएवापतको तीन लाख ५७ हजार राहतस्वरुप हस्तान्तरण भएको एक्याप जोमसोमले उल्लेख गरेको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा बारागुङ मुक्तिक्षेत्रमा हिउँ चितुवाको आक्रमणमा परी याक छ र च्यांग्रा १६ क्षति भएको थियो । घरपझोङमा च्याङ्ग्रा ५८, याक आठ र घोडा तीन क्षति भएको थियो । यसैगरी थासाङ गाउँपालिकामा याक १८ र दुई बाख्रा वन्यजन्तुको आक्रमण परी क्षति भएको थियो ।

मुस्ताङमा हिउँचितुवाको आक्रमणमा परी पशुधनको क्षति हुने तथ्याङ्क बढ्दो रहेको पाइएको छ । एक्यापका अनुसार आव २०७६/७७ मा १६३ पशुधन क्षति भएको थियो । यसैगरी आव २०७७ र ७८ मा ५४, आव २०७८ र ७९ मा १३, आव २०७९र८० मा ३८ पशुधन क्षति भएको थियो ।

यसैगरी, पछिल्लो आव २०८० र ८१ मा  ५६ र आव २०८१ र ८२ मा ८८ पशुधनमा क्षति पुगेको थियो । यहाँ आयोजित राहत हस्तान्तरण कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले वन्यजन्तु संरक्षणका लागि पुरस्कारको व्यवस्था र वन्यजन्तु संरक्षणका लागि सुक्ष्म अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

अध्यक्ष लालचनले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ र यहाँको संरक्षित वन्यजन्तुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

एक्याप प्रमुख गुप्तले एक्याप कार्यालयबाट वन्यजन्तु पीडितलाई जतिसक्दो छिटोछरितो राहत उपलब्ध गराउने गरी आन्तरिक राहत कोष खडा गरिएको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध हुने वन्यजन्तु क्षति राहत उपलब्ध हुन ढिलाइ हुने भएकाले एक्यापले त्यसैमा मिलाउने गरी एक्यापकै  बजेट दिएर पीडित पशुपालकको समस्या सामाधान गर्ने प्रयास भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकैसाथ १२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज

एकैसाथ १२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज

दर्ता खारेज भएका ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत छन् । यी ट्रेड युनियनहरू क्रमशः एमाले, कांग्रेस र...
रास्वपा सांसद जगदीश खरेलले भने– म माथि मिडिया ट्रायल भयो

रास्वपा सांसद जगदीश खरेलले भने– म माथि मिडिया ट्रायल भयो

केही दिनदेखि स्विट्जरल्याण्डमा रहेका खरेलले आफूमाथि उठेका विषयलाई लिएर आज सामाजिक सञ्जालमा संक्षिप्त जवाफ दिएका छन् । उनले भनेका छन्– अहिले म माथि मिडिया ट्रायल भएको छ। केही...
ठमेलस्थित छाँया कम्प्लेक्स भत्काउनुपर्ने माग राख्दै प्रदर्शन

ठमेलस्थित छाँया कम्प्लेक्स भत्काउनुपर्ने माग राख्दै प्रदर्शन

ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छाँयादेवी कम्प्लेक्स बनाइएकाले अबिलम्व भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका...
भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टर(तस्बिरहरु)

भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टर(तस्बिरहरु)

होल्डिङ सेन्टरमा खाना बस्न राम्रो भए पनि उनीहरूको मन त्यहाँ अडिन सकेको छैन् । बस्दै आएको घरमा डोजर चले पछि होल्डिङ सेन्टरमै बस्दै आएका उनीहरुलाई सरकारले छिटो उचित...