नेभिगेशन
समाज

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्नूपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका हुन् । ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समय सीमा निर्धारण गरेर टुंग्याउन माग गरिएको छ।

Ncell
Extreme Energy

त्यस्तै बर्तमान अवस्थालाइ मध्यनजर गरी युवा पुस्ताहरुको उल्लेखनिय प्रतिनिधित्व पुरा हुने गरी विधानमा संसोधन हुनुपर्ने , पार्टीको अन्तरिम निर्वाचन समितिलाइ अविलम्ब पुर्णतादिनुपर्ने, १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको  संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपागंता भएकाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको केन्द्रीय सदस्य अर्जून प्रसाद जोशीले बताए । 

ज्ञापनपत्रमा स्थानिय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेसिताको सिद्धान्तअनुसार उम्मेद्वार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टी वा वडादेखि केन्द्रीयतह सम्म संवाद चलाइ स्पष्ट दृष्टिकोण सहितको पार्टीको अवधारणा बनाउन पनि माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।