नेभिगेशन
मुख्य समाचार

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ । साझेदारसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले गएको १४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशुकल्याणका लागि काम गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुर/विरालोलाई रेविज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशुचिकित्सक डा. पूजा खनालले जानकारी दिए ।  

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविज विरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९/०८० सामुदायिक कुकुर विरालोलाई रेविज विरुद्ध खोप दिने र बन्ध्याकरण गर्ने कार्यक्रमलाई नियमित सञ्चालन गरिरहेको छ । 

यस वर्ष गएको असोज २२ गते सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गरिएको थियो । आवेदनमध्ये छनोट भएका ५ वटा संघसंस्थाहरुलाई वडा छुट्याएर जिम्मेवारी दिइएको छ ।

यसरी प्रदान गरिएको जिम्मेवारीमा स्नेहाज केयरलाई वडा नम्बर २, ८, १२, १३, १४ र २९ गरी ६ वटा वडा जिम्मेवारी दिइएको छ । जसमध्ये केयरले वडा नम्बर १४ मा १५६ वटाको बन्ध्याकरण गरेको छ । काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक)लाई वडा नम्बर ११, २१, २२, २४, २८ र ३० गरी ६ वटा वडाको जिम्मेवारी दिइएको छ । जसमध्ये सेन्टरले वडा नम्बर ११ मा २९ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । 

पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपीसीए) लाई वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ गरी ७ वटा वडाको जिम्मेवारी दिइएको छ । जसमध्ये समाजले वडा नम्बर १ मा ६२ वटा कुकुरको र वडा नम्बर ३ मा ८४ वटा कुकुरको बन्ध्याकरण गरेको छ । मण्डला भेटनरी अस्पताललाई वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ गरी ६ वटा वडा दिइएको छ । जसमध्ये अस्पतालले वडा नम्बर ६ मा ३३ वटा र ३२ मा ३४४ वटाको बन्ध्याकरण गरेको छ । 

काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) लाई वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० गरी ७ वटा जिम्मा दिइएको छ । सेन्टरले अहिलेसम्म वडा नम्बर १६ मा ४०३ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।  

सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति कार्तिक १३ गते सम्झौता गरेर १४ गतेबाट नै काम थालनी गरिएको हो । 

यस वर्ष पुस अगाडि करिब ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना छ । थप बजेटको व्यवस्था हुन सके थप ४ हजारको बन्ध्याकरण गर्ने योजना रहेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । एउटा कुकुर वा विरालोको बन्ध्याकरण गरेर रेविज विरुद्धको खोप लगाएवापत महानगरपालिकाले २ हजार ५ सय रुपियाँ भुक्तानी दिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।