नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना छन् ।

Ncell
Extreme Energy

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ । 

नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

 जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बतए । “पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुईवटा मतदानस्थल भने सारिएको छ”, उनले भने। 

उहाँका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ । “मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको छ”, सूचना अधिकारी महराले भने, “सबै मतदानस्थल र केन्द्र अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन् ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा । उनले भने– ‘अदालतको निर्णय हाम्रो...
पुनर्गठनको नाममा अध्यक्ष फेर्ने गतिविधि सह्य हुँदैन : ओली

पुनर्गठनको नाममा अध्यक्ष फेर्ने गतिविधि सह्य हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको माग गर्दै नेतृत्व परिवर्तनका लागि भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।