नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना छन् ।

CG

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ । 

नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

 जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बतए । “पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुईवटा मतदानस्थल भने सारिएको छ”, उनले भने। 

उहाँका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ । “मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको छ”, सूचना अधिकारी महराले भने, “सबै मतदानस्थल र केन्द्र अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन् ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले भने, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल...
विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले...
पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

विश्वकप हुनुअघि विभिन्न देशमा ट्रफी प्रदर्शन गर्ने क्रममा सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको छ। आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक ल्याइएको हो ।
रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग ९ बुँदे सहमति गरेको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच भएको ९ बुँदे सहमति  यस्तो छ ।