नेभिगेशन
मुख्य समाचार

नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

काठमाडौँ । नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ।

फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो।  आजसम्म दल दर्ताको प्रमाणपत्र लिने दल मात्रै आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् । आजसम्म प्रमाणपत्र लिने दलले मात्रै आयोगमा फेरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि पुन दल दर्ता गर्नु पर्ने छ । 

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताए ।
प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा.प्र०३–००५प.७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आइतबार बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि...