नेभिगेशन
सबै कुरा

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर २०२३’ को उपाधि

प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन्२०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले प्रदान गर्दै आएको‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैंक अफ दि इयर’अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएकाे, प्रतिस्पर्धी बैंकका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंक मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन् । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।

सम्मान प्राप्त भएपछि बैँकका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन् । ‘‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हैसला प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’’ उनले भने ।

त्यस्तै अवार्ड वितरण समारोहपछि सिइओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताएका छन् । ‘‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु । आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलताथप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’’ सिइओ शेरचनले भने । उनले बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९...
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो...