नेभिगेशन
मुख्य समाचार

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन ।

मन्त्री अर्यालले भने, “अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,”।

उनले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गर्न निर्देशन दिदैं सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूती दिलाउन निर्देशन दिए ।

गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाउँदै पीडितका गुनासा सुन्ने र समाधान गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सकिएमा बाहिर देखा परेका भ्रमपूर्ण धारणा हटाउन सकिने मन्त्री अर्यालको भनाइ थियो ।

त्यस अवसरमा उनले जेनजी आन्दोलनमा घाइते भएकालाई राहत कार्ड फिल्डमै वितरण गर्ने र घाइते राहत कार्यविधि छिट्टै टुङ्ग्याउन निर्देशन  दिए । बैठकमा गृहसचिव दङ्गालले मन्त्रालय तथा मातहतका संरचनाको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए ।

मन्त्रालयको नेतृत्व ग्रहण गरेयता  राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायतका लगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सचिव दङ्गालले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिदैं गत भदौ २३ गतेपछि मन्त्रालयको कार्यशैलीमा हिजोभन्दा आज आकाश–जमिनको फरक आएको उल्लेख गरे ।

बैठकमा मन्त्रालयका विभागीय प्रमुख, महाशाखा तथा शाखा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रको प्रगति तथा वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

उनको अभिव्यक्ति पार्टी अनुशासन बाहिर भएकाले स्पष्टीकरण सोध्ने तयारी गरेको हो । रास्वपाका अनुशासन आयोगका कार्यवहाक प्रमुख रामकान्त रिमालले भने डा.लामिछाने लगायत अन्य केही नेताहरूले सार्वजनिकरुपमा बोलेका, लेखेको...
देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी  ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान...
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको...
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।

भर्खरै