नेभिगेशन
मुख्य समाचार

बारामा कुटपिट मुद्दा वडा अध्यक्षले ‘पञ्चायती शैली’मा मिलाए, आरोपीतबाट लिएको साढे २ लाख आफैले राखे

बाराको महागढीमाई नगरपालिका–२ मैनी टोलमा टेन्ट कर्मचारीमाथि भएको कुटपिट घटना ‘पञ्चायती शैली’मै मिलाइएको छ । स्थानीय जनप्रतिनिधिको संलग्नतामा ६ जनालाई जनही ५१ हजार रुपैयाँका दरले दण्ड तिराइए पनि त्यसको ठूलो हिस्सा वडा अध्यक्षले नै लिएको खुलासा भएको हो ।

छठको टेन्ट निकाल्दा विवाद, कर्मचारीमाथि सामूहिक कुटपिट

CG

गत कात्तिक १७ गते छठपर्वका लागि लगाइएको टेन्ट हटाउने क्रममा केही सामग्री हराएको भन्दै स्थानीय ६ जनाले टेन्ट कर्मचारी अजय गिरीमाथि उल्टै कुटपिट गरेका थिए । कुटपिटमा परेका गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो र चिकित्सकले ७ वटा टाका लगाउनु परेको पिडितले बताए । गिरीका अनुसार उपचारमा ७२ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सामान हराएको छ भनेर सोधखोज गर्दा सिधै कुटपिट गरेको पिडित गिरीले बताए ।

१३ जना पञ्चले गरे  ‘पञ्चायत’, ६ जनामाथि जनही ५१ हजारका दरले ३ लाख ६ हजार दण्ड

घटना बाहिरिएपछि नेकपा एमालेका वडा अध्यक्ष विश्वनाथ प्रसाद कुश्वाहासहित १३ जना पञ्चले पञ्चायत बसेर कुटपिट गर्ने ६ जनामाथि जनही ५१ हजार रुपैयाँका दरले ३ लाख ६ हजार रुपैयाँ दण्ड तिराएको हो । उक्त रकममध्ये ४८ हजार मात्र पिडितले पाएका छन् भने, २ हजार स्थानीय प्रहरीलाई बुझाइएको छ । बाँकी रहेको २ लाख ५६ हजार वडा अध्यक्षले लिएका छन् । 

पञ्चायतिको सबैभन्दा ठूलो रकम — २ लाख ५६ हजार — वडा अध्यक्ष विश्वनाथ प्रसाद कुश्वाहाले आफूले नै राखेको दण्ड तिरेकाहरु बताउँछन् । कुटपिटमा संलग्नहरुका अनुसार दण्ड तिरेपछि “वडा अध्यक्षले न्याय मिलाइदियो” भन्दै रकम बुझाए तर सबै पैसा आफै खाइदिएको उनिहरुको भनाई छ । 

यता कुश्वाहाले पनि रकम आफूले राखेको स्वीकार गरे । उनले भने “रकम लिएको साँचो हो, कुटपिट गर्नेहरू सुध्रिएपछि रकम फिर्ता गर्दिन्छु ” । तर पिडित पक्ष यो दाबीलाई अस्वीकार गर्दै, “कसैमा सुधार देखिएको छैन, पैसा फिर्ता दिने मनसाय नै छैन,” वडा अध्यक्षले भन्ने गरेको बताए । 

पञ्चायती प्रथाको पुनरागमन 
नेपालमा पञ्चायती न्याय प्रणाली दशकौँअघि नै अन्त्य भए पनि गाउँ–टोलमा शक्तिशाली व्यक्तिहरूका समूहद्वारा दण्ड–जरिवाना गराउने प्रवृत्ति अझै कायम छ । “कानुनबाट होइन, नेताको आदेशबाट ‘न्याय’ हुने यस्तो कामले कानुनी राज्यको धज्जी उडाएको छ ।

पिडित अजय गिरीले स्थानीय तहका जनप्रतिनिधिले कानुनी प्रक्रियालाई बाइपास गरेर ‘सम्झौता’को नाममा पैसा उठाउनु अन्यायपूर्ण रहेको बताए । यता स्थानीयवासीले वडा कार्यालय र प्रहरी प्रशासनबीच मिलेमतोमा घटना दबाउन खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं...
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।