नेभिगेशन
समाज

बारामा कुटपिट मुद्दा वडा अध्यक्षले ‘पञ्चायती शैली’मा मिलाए, आरोपीतबाट लिएको साढे २ लाख आफैले राखे

बाराको महागढीमाई नगरपालिका–२ मैनी टोलमा टेन्ट कर्मचारीमाथि भएको कुटपिट घटना ‘पञ्चायती शैली’मै मिलाइएको छ । स्थानीय जनप्रतिनिधिको संलग्नतामा ६ जनालाई जनही ५१ हजार रुपैयाँका दरले दण्ड तिराइए पनि त्यसको ठूलो हिस्सा वडा अध्यक्षले नै लिएको खुलासा भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छठको टेन्ट निकाल्दा विवाद, कर्मचारीमाथि सामूहिक कुटपिट

Ncell
Extreme Energy

गत कात्तिक १७ गते छठपर्वका लागि लगाइएको टेन्ट हटाउने क्रममा केही सामग्री हराएको भन्दै स्थानीय ६ जनाले टेन्ट कर्मचारी अजय गिरीमाथि उल्टै कुटपिट गरेका थिए । कुटपिटमा परेका गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो र चिकित्सकले ७ वटा टाका लगाउनु परेको पिडितले बताए । गिरीका अनुसार उपचारमा ७२ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सामान हराएको छ भनेर सोधखोज गर्दा सिधै कुटपिट गरेको पिडित गिरीले बताए ।

१३ जना पञ्चले गरे  ‘पञ्चायत’, ६ जनामाथि जनही ५१ हजारका दरले ३ लाख ६ हजार दण्ड

घटना बाहिरिएपछि नेकपा एमालेका वडा अध्यक्ष विश्वनाथ प्रसाद कुश्वाहासहित १३ जना पञ्चले पञ्चायत बसेर कुटपिट गर्ने ६ जनामाथि जनही ५१ हजार रुपैयाँका दरले ३ लाख ६ हजार रुपैयाँ दण्ड तिराएको हो । उक्त रकममध्ये ४८ हजार मात्र पिडितले पाएका छन् भने, २ हजार स्थानीय प्रहरीलाई बुझाइएको छ । बाँकी रहेको २ लाख ५६ हजार वडा अध्यक्षले लिएका छन् । 

पञ्चायतिको सबैभन्दा ठूलो रकम — २ लाख ५६ हजार — वडा अध्यक्ष विश्वनाथ प्रसाद कुश्वाहाले आफूले नै राखेको दण्ड तिरेकाहरु बताउँछन् । कुटपिटमा संलग्नहरुका अनुसार दण्ड तिरेपछि “वडा अध्यक्षले न्याय मिलाइदियो” भन्दै रकम बुझाए तर सबै पैसा आफै खाइदिएको उनिहरुको भनाई छ । 

यता कुश्वाहाले पनि रकम आफूले राखेको स्वीकार गरे । उनले भने “रकम लिएको साँचो हो, कुटपिट गर्नेहरू सुध्रिएपछि रकम फिर्ता गर्दिन्छु ” । तर पिडित पक्ष यो दाबीलाई अस्वीकार गर्दै, “कसैमा सुधार देखिएको छैन, पैसा फिर्ता दिने मनसाय नै छैन,” वडा अध्यक्षले भन्ने गरेको बताए । 

पञ्चायती प्रथाको पुनरागमन 
नेपालमा पञ्चायती न्याय प्रणाली दशकौँअघि नै अन्त्य भए पनि गाउँ–टोलमा शक्तिशाली व्यक्तिहरूका समूहद्वारा दण्ड–जरिवाना गराउने प्रवृत्ति अझै कायम छ । “कानुनबाट होइन, नेताको आदेशबाट ‘न्याय’ हुने यस्तो कामले कानुनी राज्यको धज्जी उडाएको छ ।

पिडित अजय गिरीले स्थानीय तहका जनप्रतिनिधिले कानुनी प्रक्रियालाई बाइपास गरेर ‘सम्झौता’को नाममा पैसा उठाउनु अन्यायपूर्ण रहेको बताए । यता स्थानीयवासीले वडा कार्यालय र प्रहरी प्रशासनबीच मिलेमतोमा घटना दबाउन खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...