नेभिगेशन
सबै कुरा

हात्तीले कुल्चेर वनका चौकीदारको मृत्यु

झापा : झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको थियो ।

Ncell
Extreme Energy

हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको रिजालले बताए ।उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ । एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जङ्गली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो ।

यसैबीच शिवसताक्षी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति पूर्वबाट जाँदै गरेको प्र१–०१–०१६प ४३९० नंको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा नाम ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ती पैदलयात्रीको उपचारका क्रममा विर्तामोडको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न मोटरसाइकल चालक कमल गाउँपालिका–१ का २० वर्षीय सागर तामाङ घाइते भएका छन् । हातमा चोट लागेका चालक तामाङलाई उपचारपश्चात् आज झिलझिले इलाका प्रहरी कार्यालयमा राखेर कानुनी कारबाही सुरु गरिएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।