नेभिगेशन
समाज

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

काठमाडौँ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । यसअघि असार २५ गते बसेको बैठकले कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो ।

पोखरेल र बादलले छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका छन् । महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्दै अर्को प्रतिवेदन तयार गर्न भनेपछि संयोजक बादलले छुट्टै प्रतिवेदन तयार पारेको एमालेका एक नेताले बताए । उनका अनुसार बादलले आजको बैठकमा त्यही प्रतिवेदन पेस गर्नेछन् ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमाले २५ सिटमा खुम्चिएपछि अध्यक्ष ओलीको राजीनामा र पार्टी पुनर्गठनको बहस सुरु भएको थियो । सचिवालय बैठकमा समेत अधिकांश सदस्य पार्टी पुनर्गठनको पक्षमा उभिएपछि कार्यदल गठन गरिएको थियो ।

जेठ १० गते गठन गरिएको कार्यदललाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो । तर, अहिलेसम्म प्रतिवेदनले अन्तिम रूप पाउन सकेको छैन ।

कार्यदलले आठ भौगोलिक प्रदेश, गैरभौगोलिक क्षेत्र र विभिन्न निकायसमेत गरी १३ समूहबाट सुझाव लिएको छ । ती सुझाव समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्रीले चार उद्योगी–व्यवसायीसँग किन गरिरहेका छन् छलफल ?

प्रधानमन्त्री बालेन शाहले चार जना उद्योगी–व्यवसायीसँग शुक्रबार छलफल गरेका छन् ।
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।