नेभिगेशन
समाज

सरकारलाई स्वर्णिमको आग्रहः सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिनुस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सहकारी सम्बन्धी संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ पढिदिन सरकारलाई आग्रह गरेका छन् । आज नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेसँग भेटेर निस्केका उपसभापति डा. वाग्लेले वर्तमान सरकारले रविमाथि साँधिएको राजनीतिक प्रतिशोधको कोर्स करेक्सन गर्नुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘संसदले पेश गरेको त्यस्तो प्रकृतिको छानबिन रिपोर्ट तयार भएको २, ३ घण्टामै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे अहिले आम जनातालाई छर्लङ्ग थाहा भईसकेको छ । ४० लाख हस्ताक्षरको प्रतिबिम्ब त्याहाँ पनि छ ।’ उनले भने, ‘त्यो प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिन यो सरकारलाई आग्रह गरेका छौँ हामीले ।’ 

Ncell
Extreme Energy

उनले सहकारी छानबिन समितिको प्रतिवेदनलाई क्याविनेटले पुनः रिभ्यू गर्नुपर्ने बताएका हुन् । ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई क्याविनेटले पुनः रिभ्यु गरोस् । यसलाई अनुसन्धान गर्नुपर्ने विन्दुमा कानुनी राय लिओस् । अदालतमा हामी इएटरफेयर गर्दैनौँ । हामी विधिको शासन मान्ने पार्टी हौँ । यद्यपी तपाई हामी सबैलाई थाहा छ, पछिल्ला केही दशकहरुमा न्यायालयमा भर्ती हुनुभएको मानिसहरु कसको गोजीको सिफरिसबाट भनेर ।’ वाग्लेले भने । 
उपसभापति डा. वाग्लेले प्रतिशोधको उद्गमस्थल तत्कालिन ओली क्याविनेट भएको बताएका छन् । तत्कालिन सरकारले दुरासय राखेर मुद्दा अगाडी बढाएको मुद्दामा पुर्नविचार हुनुपर्ने आफूहरुको आग्रह रहेको उनले बताए । 
उनले प्रधानमन्त्री कार्कीले पहिले दिएको अभिव्यक्ति सम्झाउँदै भने, ‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्की स्वयंले भन्या होइन ? रविमाथि अन्याए भएको छ, यसरी ५/५ ओटा अदालत, तीन ओटा मुद्दा, तीन तहको अदालत समान्य मान्छे भएको भए त बौलाइसक्थ्यो भनेर ।’ 

उनले न्यायपालिका पनि अवाञ्छित राजनीतिक दवाबबाट अगाडी जान नहुने सुझाव दिएका छन् । सो क्रममा उनले वर्तमान सरकारको कार्यशैलीबारे पनि अभिव्यक्ति दिए । सुरुवाती दिनमा सरकालाई मान्यता दिने पहिलो दल भएको स्मरण गर्दै त्यतिबेलै यो सरकारले सुशासनको पक्षमा काम गर्दै प्रतिशोधको राजनीतिको अन्त्य गरेको प्रतयाभूति हुनुपर्ने, भदौ २३ र २४ को जवनफदेहिता पनि खोज्नुपर्ने, आर्थिक उन्नयनका विषयहरुमा सुधार गर्दै लैजानुपर्ने र भौतिक पूर्वाधारका विषयमा पनि केही नयाँ क्रमभंगता गर्नुपर्ने बताएको उल्लेख गरे । उनले भने, ‘हाम्रो सरकारप्रतिको सदासयता कायमै छ । तर सुरुमै राखेको विषयमा चाहीँ गति र लय अली मिलाउनुपर्छ है ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।