नेभिगेशन
समाज

कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनको विजय सुरुवात

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को मंगलबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवन राइनोज विजय भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जवाफी ब्याटिङमा मैदान उत्रिएको चितवनले निर्धारित १९ं.१ बल खेल्दै कर्णालीले दिएको लक्ष्य प्राप्त गरेको हो । चितवनका लागि सर्वाधिक रन रवि बोपराले जोडेका हुन । उनले ३५ बलमा ५२ रन बनाएका थिए । त्यस्तै, दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको चितवनका लागि योगदान दिए ।

Ncell
Extreme Energy

बलिङ तर्फ कर्णालीका कप्तान सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले समान एकएक विकेट लिएका हुन ।कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा कर्णाली याक्सले १६६ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रयाङ्क पन्चालले ४७ बलमा सर्वाधिक ९० रन बनाए थिए । टस जितेर चितवले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो ।

टीयु क्रीकेट मैदानमा भएको खेलमा कर्णाली याक्स सोमपाल कामीको नेतृत्वमा मैदानमा उत्रिएको थियो भने,कुशल मल्लको कमान्डमा चितवन राइनोज रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।