नेभिगेशन
समाज

दश वर्ष पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने हाल सञ्चालनमा रहेका तीन हजार ३०० एम्बुलेन्समध्ये करिब ८० प्रतिशत १० वर्ष पुराना रहेका जानकारी दिए । उनका अनुसार तीमध्ये १० हाराहारी क वर्गका, १५० हाराहारी ख वर्गका र बाँकी ग वर्गका एम्बुलेन्स छन् । ग वर्गका ८० प्रतिशतभन्दा बढी एम्बुलेन्स १० वर्ष पुराना रहेका उनले बताए ।

Ncell
Extreme Energy

लामिछानेका अनुसार ग वर्षका ८० प्रतिशत हाराहारी एम्बुलेन्स नवीकरणसमेत हुन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरेको छ ।

यससँगै सङ्घले विज्ञप्ति जारी गरेर तत्काल एम्बुलेन्स रोकिएमा बिरामी बोक्न अभाव हुने जनाएको छ । साथै अधिकांश शववाहन १० वर्ष पुराना भएका भन्दै दैनिक २०–२५ वटा शव राजधानी बाहिर पठाउने गरेकामा समस्या हुने जनाएको छ ।

स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्थाबाहेक अन्यलार्ई एम्बुलेन्स खरिदको अनुमति नदिने उल्लेख गरेसँगै अभाव हुने भन्दै विज्ञप्तिमा एम्बुलेन्स सञ्चालनमा गैरसरकारी संस्था, सामुदायिक सङ्घ, सङ्गठन तथा सहकारीलाई समान अधिकार दिन माग गरिएको छ । एम्बुलेन्स क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार लगाउन नहुने विज्ञप्तिमा जनाइएको छ ।

भूगोल, सडक अवस्था, आर्थिक पृष्ठभूमि र आम नागरिकको पहुँचलाई नहेरी गरिएको यस निर्णय व्यवहारिक, न्यायिक तथा मानवीय दृष्टिले अनुपयुक्त भएको भन्दै सङ्घले तत्काल पुनर्विचार र संशोधन गर्न माग गरेको छ । सङ्घले यसअघि यससँगै अन्य मागहरु राख्दै मन्त्री र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।