नेभिगेशन
समाज

सहमति कार्यान्वयन गर्न माग गर्दै ए डिभिजन क्लबहरुद्वारा एन्फा कम्लेक्स अगाडी धर्ना

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफुहरुसंग गरेको सहमति कार्यान्वयनका लागि दवाव दिन भन्दै ए डिभिजन फुटबल क्लबहरुले एन्फा कम्लेक्स अगाडी धर्ना दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरुले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । उनीहरुले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रुपमा आफुहरुले स्वीकार गरेपनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

Ncell
Extreme Energy

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ए डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताए ।

उनले आफुहरुसंग गरेको सहमति कार्यान्वयनमा आफुहरुको जोड रहेको भन्दै यस बिषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताएका छन् । धर्नामा सहभागीहरुले एक बर्षको फुटबल साइकललाई ४ बर्षसम्म लम्वाउन नहुने, फुटबल दवावमा होइन, मैदानमा खेलौ, ८९३ दिनदेखि ए डिभिजन कस्को कारणले रोकियो, क्लवको लगानीलाई वेवास्ता नगरौ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको छ।
तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।