नेभिगेशन
मुख्य समाचार

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो ।

CG

चालु आवको कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताए । यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन् ।

एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरे । पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले रु ५५ लाख लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भीमफेदी दुर्घटनाका मृतक छ जनामध्ये पाँच जनाको सनाखत

भीमफेदी दुर्घटनाका मृतक छ जनामध्ये पाँच जनाको सनाखत

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी...
काठमाडौँको तापक्रम घट्यो, देशका अन्य क्षेत्रमा यस्तो ?

काठमाडौँको तापक्रम घट्यो, देशका अन्य क्षेत्रमा यस्तो ?

यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा सोमबार विहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो काठमाडौँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद्...
सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ

आइतबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँले कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
श्रम तथा रोजगारी : युवाशक्ति, राष्ट्रिय क्षमता र समृद्धिको दिगो आधार

श्रम तथा रोजगारी : युवाशक्ति, राष्ट्रिय क्षमता र समृद्धिको दिगो आधार

जब युवा आफ्नो जीवनका उत्कृष्ट वर्ष बाहिर बिताउन बाध्य हुन्छ तब राष्ट्रले आफ्नै भविष्य बाहिर सुम्पिरहेको हुन्छ। नेपालवाद स्पष्ट भन्छ-विदेशिने बाध्यता राष्ट्रको असफलता हो, र स्वदेशमै अवसर सिर्जना...