नेभिगेशन
समाज

कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषयः नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आम निर्वाचन र कांग्रेसको १५ औं महाधिवेशनका बिषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा निधिले महाधिवेशन लगाएतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताएका हुन ।

Ncell
Extreme Energy

कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषय रहेको धारणा व्यक्त गरे । नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रीक पद्दतीबाट सहज रुपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए ।

उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफुहरुको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुईवटा मल्टिसर्किट टावरको काम १०–१५ दिनभित्र सम्पन्न गरी दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने...
बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फोर्से बजार तहसनहस बनाएको छ।