नेभिगेशन
मुख्य समाचार

कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषयः नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

आम निर्वाचन र कांग्रेसको १५ औं महाधिवेशनका बिषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा निधिले महाधिवेशन लगाएतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताएका हुन ।

कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद बिषय रहेको धारणा व्यक्त गरे । नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रीक पद्दतीबाट सहज रुपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए ।

उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफुहरुको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरक्षा परिषद् बैठकः निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय

सुरक्षा परिषद् बैठकः निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पनन गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको...
एनटीसीको बिलिङ प्रणाली खरिद सन्दर्भमा कुनै हस्तक्षेप नगर्नेः सञ्चारमन्त्री खरेल

एनटीसीको बिलिङ प्रणाली खरिद सन्दर्भमा कुनै हस्तक्षेप नगर्नेः सञ्चारमन्त्री खरेल

बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै...
चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य

चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य

चितवलने निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको हो । चिचितवनका लागि सर्वाधिक रन रवि बोपराले जोडे छन् । उनले ५५ बल खेल्दै चितवनका लागि ६६...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।