नेभिगेशन
मुख्य समाचार

यस्तो बन्यो खुलामञ्च (तस्बिहरु)

काठमाडौँ । काठमाडौँको खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा छ । अहिले शौचालय निर्माण र सिसीटिभी क्यामेरा जडानको काम मात्र बाँकी संगै केही सरसफाइसम्बन्धी अन्तिम काम भइरहेको छ।khulla-manch12-1763701304.jpg
चौरको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा नेपाली प्राकृतिक दुबो रोपिएको छ । पहिलेकै उबडखाबड जमिन मिलाएर मलिलो माटो राखी दुबो रोपिएकाले अहिले खुलामञ्चको हरियाली निकै लोभलाग्दो देखिन्छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको खेलकुद पूर्वाधार मर्मत, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यो कार्य सम्पन्न भएको हो। महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खुलामञ्चको चौरमा दुबो रोप्न खर्च गरिएको थियो ।khulla-manch11-1763701304.jpg
चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ, जसका लागि शहरका अन्य स्थानहरूको स्तरोन्नति क्रममा निकालिएका हेक्सागोनल ब्लकहरू पुनःप्रयोग गरिएको हो। पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएको छ, जसमा न्युरोडबाट निकालिएका पोल पुनःप्रयोग गरिएको हो। यी पोलमा दुई आर्म छन्—मैदानतर्फ १०० वाटको बत्ती र पैदल मार्गतर्फ ३० वाटको बत्ती। दुवै बत्ती डे–नाइट सेन्सरयुक्त भएकाले रातमा आफैँ बल्छन् र दिनमा निभ्छन्।khulla-manch13-1763701305.jpg
खुलामञ्चलाई सबैका लागि खुला र बहुउपयोगी स्थानका रूपमा विकास गरिएको छ। बिहान शारीरिक व्यायाम गर्ने, बालबालिकालाई स्वतन्त्र रूपमा खेल्ने, ज्येष्ठ नागरिकलाई हिँडडुल तथा आराम गर्ने, सहरी जीवन नियाल्ने र युवाहरूलाई खेल अभ्यास तथा मनोरञ्जन गर्ने ठाउँका रूपमा यसलाई तयार पारिएको हो। मर्निङ वाकका लागि पनि यो मार्ग विशेष रूपमा उपयुक्त बनाइएको छ। चौरको पश्चिमतर्फ मुख्यद्वार नजिकै गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ र बहुउपयोगी खुला स्थान बनाइएको छ। यस ठाउँमा भलिबल, ब्याडमिन्टन जस्ता खेल पनि खेल्न सकिने व्यवस्था छ।khulla-manch1-1763701299.jpg
पूर्वाधार निर्माण र प्रविधिक परामर्शका लागि महानगरपालिकाले नेपाल सरकारको स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग ०८१ वैशाख १० गते नीतिगत सहमति–पत्रमा हस्ताक्षर गरेको थियो। त्यसका आधारमा वैशाख २३ गते ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो र २४ गतेदेखि काम थालिएको थियो। काम पूरा भएपछि वर्षामा पानी नजम्ने र सतहको पानी जमिनभित्र पुनर्भरण हुने व्यवस्था मिलाइएको छ। चौरका ६ स्थानमा ४ फिट ब्यास र ४ फिट गहिराइ भएका वाटर रिचार्ज पिट बनाइएका छन्।khulla-manch13-1763701305.jpg
त्यसपछि दैनिक ५० जनशक्ति परिचालन गरेर करिब तीन महिना ढुंगा टिप्ने तथा जमिन सफा गर्ने काम पनि गरिएको थियो । कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको खुलामञ्च टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, चौडाइमा प्राधिकरणतर्फ ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ।khulla-manch10-1763701302.jpg
काठमाडौँ टावर निर्माणसँगै केही समय खुलामञ्च सार्वजनिक यातायात र बसपार्कका रूपमा प्रयोग गरिएको थियो। त्यस्तै २०७२ को भूकम्पपछि क्षति भएका वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका क्रममा यो स्थान सामग्री ढुवानी, विद्यालय सञ्चालन र श्रमिक बासस्थानका रूपमा प्रयोग भएको थियो ।khulla-manch5-1763701300.jpg
अब भने यो ऐतिहासिक खुला स्थान आधुनिक, हरियालीयुक्त र सुरक्षित सार्वजनिक क्षेत्रको रूपमा पुनःस्थापित हुन तयार छ—शौचालय र सीसीटिभि जडान पूरा भएसँगै औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ। तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

khulla-manch-1763701298.jpg

CG

khulla-manch0-1763701298.jpg

khulla-manch2-1763701299.jpg

khulla-manch4-1763701300.jpg

khulla-manch3-1763701300.jpg

khulla-manch8-1763701301.jpg

khulla-manch7-1763701301.jpg

khulla-manch6-1763701301.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।