नेभिगेशन
समाज

यस्तो बन्यो खुलामञ्च (तस्बिहरु)

काठमाडौँ । काठमाडौँको खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दुबोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा छ । अहिले शौचालय निर्माण र सिसीटिभी क्यामेरा जडानको काम मात्र बाँकी संगै केही सरसफाइसम्बन्धी अन्तिम काम भइरहेको छ।khulla-manch12-1763701304.jpg
चौरको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा नेपाली प्राकृतिक दुबो रोपिएको छ । पहिलेकै उबडखाबड जमिन मिलाएर मलिलो माटो राखी दुबो रोपिएकाले अहिले खुलामञ्चको हरियाली निकै लोभलाग्दो देखिन्छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको खेलकुद पूर्वाधार मर्मत, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यो कार्य सम्पन्न भएको हो। महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खुलामञ्चको चौरमा दुबो रोप्न खर्च गरिएको थियो ।khulla-manch11-1763701304.jpg
चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ, जसका लागि शहरका अन्य स्थानहरूको स्तरोन्नति क्रममा निकालिएका हेक्सागोनल ब्लकहरू पुनःप्रयोग गरिएको हो। पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएको छ, जसमा न्युरोडबाट निकालिएका पोल पुनःप्रयोग गरिएको हो। यी पोलमा दुई आर्म छन्—मैदानतर्फ १०० वाटको बत्ती र पैदल मार्गतर्फ ३० वाटको बत्ती। दुवै बत्ती डे–नाइट सेन्सरयुक्त भएकाले रातमा आफैँ बल्छन् र दिनमा निभ्छन्।khulla-manch13-1763701305.jpg
खुलामञ्चलाई सबैका लागि खुला र बहुउपयोगी स्थानका रूपमा विकास गरिएको छ। बिहान शारीरिक व्यायाम गर्ने, बालबालिकालाई स्वतन्त्र रूपमा खेल्ने, ज्येष्ठ नागरिकलाई हिँडडुल तथा आराम गर्ने, सहरी जीवन नियाल्ने र युवाहरूलाई खेल अभ्यास तथा मनोरञ्जन गर्ने ठाउँका रूपमा यसलाई तयार पारिएको हो। मर्निङ वाकका लागि पनि यो मार्ग विशेष रूपमा उपयुक्त बनाइएको छ। चौरको पश्चिमतर्फ मुख्यद्वार नजिकै गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ र बहुउपयोगी खुला स्थान बनाइएको छ। यस ठाउँमा भलिबल, ब्याडमिन्टन जस्ता खेल पनि खेल्न सकिने व्यवस्था छ।khulla-manch1-1763701299.jpg
पूर्वाधार निर्माण र प्रविधिक परामर्शका लागि महानगरपालिकाले नेपाल सरकारको स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग ०८१ वैशाख १० गते नीतिगत सहमति–पत्रमा हस्ताक्षर गरेको थियो। त्यसका आधारमा वैशाख २३ गते ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो र २४ गतेदेखि काम थालिएको थियो। काम पूरा भएपछि वर्षामा पानी नजम्ने र सतहको पानी जमिनभित्र पुनर्भरण हुने व्यवस्था मिलाइएको छ। चौरका ६ स्थानमा ४ फिट ब्यास र ४ फिट गहिराइ भएका वाटर रिचार्ज पिट बनाइएका छन्।khulla-manch13-1763701305.jpg
त्यसपछि दैनिक ५० जनशक्ति परिचालन गरेर करिब तीन महिना ढुंगा टिप्ने तथा जमिन सफा गर्ने काम पनि गरिएको थियो । कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको खुलामञ्च टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, चौडाइमा प्राधिकरणतर्फ ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ।khulla-manch10-1763701302.jpg
काठमाडौँ टावर निर्माणसँगै केही समय खुलामञ्च सार्वजनिक यातायात र बसपार्कका रूपमा प्रयोग गरिएको थियो। त्यस्तै २०७२ को भूकम्पपछि क्षति भएका वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका क्रममा यो स्थान सामग्री ढुवानी, विद्यालय सञ्चालन र श्रमिक बासस्थानका रूपमा प्रयोग भएको थियो ।khulla-manch5-1763701300.jpg
अब भने यो ऐतिहासिक खुला स्थान आधुनिक, हरियालीयुक्त र सुरक्षित सार्वजनिक क्षेत्रको रूपमा पुनःस्थापित हुन तयार छ—शौचालय र सीसीटिभि जडान पूरा भएसँगै औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ। तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

khulla-manch-1763701298.jpg

Ncell
Extreme Energy

khulla-manch0-1763701298.jpg

khulla-manch2-1763701299.jpg

khulla-manch4-1763701300.jpg

khulla-manch3-1763701300.jpg

khulla-manch8-1763701301.jpg

khulla-manch7-1763701301.jpg

khulla-manch6-1763701301.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...
चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ ।
बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९०...

भर्खरै