नेभिगेशन
सबै कुरा

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Dish Home
Global Ime Bank

अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा आज न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताए । उनले भने, “काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ, काठमाडौँमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको छ ।”

यसैगरी आज राति गण्डकी, लुम्बिनी र कर्णालीलगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणः यस्ता छन् छानबिन समितिलाई दिइएको ९ बुँदे कार्यादेश

भिजिट भिसा प्रकरणः यस्ता छन् छानबिन समितिलाई दिइएको ९ बुँदे कार्यादेश

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा छानबिन समिति राप्रपालाई पनि अमान्य

भिजिट भिसा छानबिन समिति राप्रपालाई पनि अमान्य

उनले लेखेका छन्, 'जसमाथि छानबिन हुनुपर्ने हो उसैले र उसैको मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य छ।' यस्तै राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर आज पनि प्रतिनिधि सभाको...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवामा १५% सम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवामा १५% सम्म छुट

आइएमई समूहको लगानीमा सञ्चालित होटल तथा रिसोर्टहरू – काठमाडौंको 'होटल ले हिमालय' र 'साके एण्ड फेङ्ग रेस्टुरेन्ट' लाजिम्पाट, बागलुङको 'इला कम्फर्ट', गैडाकोटको 'इला होटल एण्ड रिसोर्ट मौलाकाली' तथा...
आरोपितले नै आफैँलाई सुनपानी छर्किन बनाएको समिति रास्वपालाई मान्य छैनः मनिष झा

आरोपितले नै आफैँलाई सुनपानी छर्किन बनाएको समिति रास्वपालाई मान्य छैनः मनिष झा

उनले भने,आफैँ आरोपित गृहमन्त्रीले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा आफैँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो, रास्वपाले यो समिति स्वीकार गर्दैनौँ ।’ रास्वपाले सरकारले आन्दोलनतर...

भर्खरै