नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईले मंसिर ३० भित्र नागरिक सरकार गठन गर्ने, फागुन १ गते धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गर्ने भएका छन् । गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनको तयारी छ । थै उनले फागुन १ गते बसन्तपुरमा दियो बालेर नेपाललाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने समेत बताएका छन् । 

यसअघि मंसिर ७ गते निर्णायक आन्दोलन घोषणा गरेका प्रसाईँले काठमाडौंको बल्खुमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनबाट व्यवस्था परिवर्तन गर्ने घोषणा गरेका प्रसाईँले त्यसपछि पनि काठमाडौंका बिभिन्न ठाउँमा आन्दोलनका कार्याक्रमहरुलाई निरन्तरता दिदै आएका छन् । तर पछिल्ला आन्दोलनमा प्रसाईँले भनेजस्तो प्रभावकारी हुन नसकेपछि उनले फेरि अर्को आन्दोलन घोषणा गर्दै त्यसलाई निर्णायक बनाउने तयारी थालेका हुन् ।

आफ्ना आगामी आन्दोलनको जानकारी दिन उनले आइतबार पत्रकार सम्मेलन घोषणा गरेका थिए । सो क्रममा झापाको मेचीमा पूर्व राजा ज्ञानेन्द्रको हातबाट दियो बालेर महाअभियान सुरु गरेको बताउँदै फागुन १ गते पनि पूर्वराजाबाटै  हिन्दु राष्ट्र घोषणा गर्ने दावी गरे । 

उनले पूर्वराजालाई समेत दरबार छोडेर जनताको आँशु पुछ्न सडकमा आउन आह्वान गरेका छन् । प्रसाईँले राष्ट्र, राष्ट्रियता, धमै संस्कृती नागरिक बचाउ अभियान का नाममा २० लाख कमको ऋण मिनाहा हुनुपर्ने माग गर्दै आएका छन् भने व्यवस्था परिवर्तन गर्ने दावी गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार...
राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।