नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईले मंसिर ३० भित्र नागरिक सरकार गठन गर्ने, फागुन १ गते धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गर्ने भएका छन् । गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उनको तयारी छ । थै उनले फागुन १ गते बसन्तपुरमा दियो बालेर नेपाललाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने समेत बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यसअघि मंसिर ७ गते निर्णायक आन्दोलन घोषणा गरेका प्रसाईँले काठमाडौंको बल्खुमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनबाट व्यवस्था परिवर्तन गर्ने घोषणा गरेका प्रसाईँले त्यसपछि पनि काठमाडौंका बिभिन्न ठाउँमा आन्दोलनका कार्याक्रमहरुलाई निरन्तरता दिदै आएका छन् । तर पछिल्ला आन्दोलनमा प्रसाईँले भनेजस्तो प्रभावकारी हुन नसकेपछि उनले फेरि अर्को आन्दोलन घोषणा गर्दै त्यसलाई निर्णायक बनाउने तयारी थालेका हुन् ।

आफ्ना आगामी आन्दोलनको जानकारी दिन उनले आइतबार पत्रकार सम्मेलन घोषणा गरेका थिए । सो क्रममा झापाको मेचीमा पूर्व राजा ज्ञानेन्द्रको हातबाट दियो बालेर महाअभियान सुरु गरेको बताउँदै फागुन १ गते पनि पूर्वराजाबाटै  हिन्दु राष्ट्र घोषणा गर्ने दावी गरे । 

उनले पूर्वराजालाई समेत दरबार छोडेर जनताको आँशु पुछ्न सडकमा आउन आह्वान गरेका छन् । प्रसाईँले राष्ट्र, राष्ट्रियता, धमै संस्कृती नागरिक बचाउ अभियान का नाममा २० लाख कमको ऋण मिनाहा हुनुपर्ने माग गर्दै आएका छन् भने व्यवस्था परिवर्तन गर्ने दावी गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।