नेभिगेशन
सबै कुरा

दोलखामा सिकार गर्न गएका युवकको बन्दुकको छर्रा लागि मृत्यु

दोलखा : दोलखामा शिकार खेल्न गएका एक युवकको बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । 

जिल्लाको तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएपछि प्रहरीले उनीसँगै सिकार गर्न गएका ६ जनालाई पक्राउ गरेको छ ।

CG

पक्राउ परेका उनका साथीहरुका अनुसार मिजार आफैँले बोकेको बन्दुक आफैँ पड्किँदा उनको मृत्यु भएको बताएका छन् । छातीमा छर्रा लागेपछि तामाकोशी सामुदायिक अस्पतालमा पुर्याएर प्राथमिक उपचारपश्चात चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । 

उनको मृत्यु कसरी भएको हो भन्ने विषयको अनुसन्धानका लागि उनका साथी कृष्ण नेपाली, रचेस मुग्राती, सुमन तोलांगी, माधव पोख्रेल, सञ्जिव पोख्रेल र अविदित कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।