नेभिगेशन
सबै कुरा

दोलखामा सिकार गर्न गएका युवकको बन्दुकको छर्रा लागि मृत्यु

दोलखा : दोलखामा शिकार खेल्न गएका एक युवकको बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएपछि प्रहरीले उनीसँगै सिकार गर्न गएका ६ जनालाई पक्राउ गरेको छ ।

Ncell
Extreme Energy

पक्राउ परेका उनका साथीहरुका अनुसार मिजार आफैँले बोकेको बन्दुक आफैँ पड्किँदा उनको मृत्यु भएको बताएका छन् । छातीमा छर्रा लागेपछि तामाकोशी सामुदायिक अस्पतालमा पुर्याएर प्राथमिक उपचारपश्चात चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । 

उनको मृत्यु कसरी भएको हो भन्ने विषयको अनुसन्धानका लागि उनका साथी कृष्ण नेपाली, रचेस मुग्राती, सुमन तोलांगी, माधव पोख्रेल, सञ्जिव पोख्रेल र अविदित कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...