नेभिगेशन
समाज

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी । मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको शिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका कारण ग्रामीण क्षेत्रका रमणीय स्थानहरू पर्यटनसँग जोडिन थालेका छन् ।

Ncell
Extreme Energy

गाउँबाट जनशक्तिको पलायन राष्ट्रव्यापी समस्याका रूपमा देखिए पनि कतिपय गाउँमा घरबासका कारण गाउँ छोडेकाहरू पनि पुनः फर्कन थालेका छन् ।

हिमाल पारीको जिल्ला मुस्ताङस्थित ठिनी गाउँमा घरबास सञ्चालनमा आएसँगै उक्त क्षेत्रका स्थानीय उत्पादनले मूल्य पाउनुका साथै स्थानीयवासीका लागि रोजगारीका अवसर सिर्जना भएका स्थानीय युवा निरज थकालीले बताए । यहाँका घरबासले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै आएका उनको भनाइ छ ।

उनले भने, “ठिनी गाउँमा यहाँका स्थानीयले २०७२ सालदेखि घरबास सञ्चालन सुरु गरेकामा औपचारिक रूपमा २०७५ सालदेखि दर्ता गरिएको हो । घरबास सञ्चालनसँगै स्थानीय उत्पादन बिक्रीका लागि अन्यत्र जानु परेको छैन, उत्पादित कृषिजन्य वस्तु गाउँमा बिक्री हुने गरेका छन् ।” 
    
घरबास सञ्चालन र यहाँको पर्यटकीय गतिविधि बढ्दै जाँदा त्यसले स्थानीय उत्पादनमा पनि सकारात्मक प्रभाव पारेको बताउँदै थकालीले आसपासका जग्गामा खेती हुन थालेपछि जमिन बाँझो नभएको जानकारी गराए ।

उनका अनुसार मुस्ताङ क्षेत्रमा पछिल्लो समय आलु, स्याउ, खुर्पानी, सिमीलगायत उत्पादन बढेको छ । ठिनीका १० घरमा घरबास व्यवसाय सञ्चालन भइरहेको जनाउँदै उनले आएका पाहुनालाई स्थानीय उत्पादनका परिकारहरू खुवाउने, मौलिक कलासंस्कृतिले मनोरञ्जन प्रदान गर्ने गरिएको बताए ।

गाउँका पर्यटकीय स्थान जान्न र बुझ्न चाहनेका लागि पनि घरबास जीवन्त पाठशालाजस्तै बनेका उनको भनाइ छ । गण्डकी प्रदेशका जिल्लागत रूपमा तथ्याङ्कअनुुसार तनहुँमा ४७, पर्वतमा ४५, स्याङ्जामा ४४, कास्कीमा ३६, बागलुङमा २८, लमजुङमा २३, गोरखामा २२, नवलपरासी बर्दाघाट सुस्ता पूर्व र म्याग्दीमा १० र १०, मुस्ताङमा तीन र मनाङमा दुईवटा घरबास सञ्चालनमा छन् ।

अधिकांश सामुदायिक घरबासका रूपमा सञ्चालित छन् । गण्डकीमा घरबासको लहर बढिरहेको अवस्थामा कोभिड–१९ को महामारीका कारण भने केही समय सुस्ताएको थियो । पछिल्लो समय समयले साथ दिएसँगै घरबास व्यवसाय पुनः चलायमान बनेको सञ्चालकहरू बताउँछन् ।

घरबास सञ्चालनबाट स्थानीय उत्पादनको सहज बजारीकरणसँगै स्थानीयको रोजगारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताए ।

उनले भने, “घरबासका माध्यामबाट गाउँमा पर्यटकीय गतिविधि बढेसँगै कतिपय स्थानमा विगतमा विदेशिएका जनशक्ति पनि यही फर्केर व्यापार र व्यवसाय सञ्चालन गर्न थालेका छन् । घरबासले स्थानीयको रोजगारीसँगै कृषिजन्य उत्पादन बढाउन पनि ठूलो सहयोग पुगेको छ ।”

मञ्चले अघिल्लो वर्ष गण्डकी प्रदेशभित्रका घरबास सञ्चालकहरूलाई पोखरामा आमन्त्रण गरेर ग्रामीण पर्यटक पथप्रदर्शकको तालिमसमेत दिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

उनका अनुसार मञ्चमार्फत विभिन्न तालिमसँगै घरबास सञ्चालकबीच अनुभव आदानप्रदानलगायत कार्यक्रम पनि सञ्चालन गरिएका छन् । घरबास सञ्चालनले ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धन र मूल्य तथा रोजगारी र्सिजनामा महत्वपूर्ण योगदान पुगिरहेको उनले बताए ।

रोजगारी, उत्पादनसँगै स्थानीयवासीमा आतिथ्यताको भावना अभिवृद्धि गराउनसमेत उपयोगी बनिरहेका घरबास प्राचीन संस्कृतिको जगेर्नाका लागि पनि उत्तिकै सहयोगी बनेका छन् ।

गण्डकी प्रदेशका घरबासहरूमा हिमाली भेगमा पाइने तिब्बतीयन संस्कृतिदेखि तराईका थारु संस्कृतिसम्मको अनुभव लिन पाइन्छ । विभिन्न जातजाति, धर्म र संस्कृतिको अनुपम सङ्गमजस्तै बनेको यस प्रदेशमा ब्राह्मण, क्षेत्री, दलित, भोटे, गुरुङ, मगर, थारुलगायत विभिन्न समूदायका जातजाति तथा आदिवासीहरूका विभिन्न सस्कृति रहेका छन् ।

ठाउँ र परिवेश अनुसार यहाँका घरबासमा घाटु, कौरा, सोरठी, मारुनी, लठ्ठी नाच, झमरा नाच, डम्फु नाच, गोलेनी नाच, लोकभाका, झ्याउरे, भजन चुड्कालगायतका अनुभवसमेत लिन सकिन्छ ।

घरबास कार्यक्रम स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगार अभिवृद्धिका लागि वरदान सावित बनेको स्याङ्जाको पुतलीबजार नगरपालिका, भैँसेगौँडास्थित मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

“घरबासका कारण गाउँमा उत्पादित कुटिकरेला, साग, फर्सी, स्कुस, लोकल टमाटर, मह, घ्युलगायत उत्पादन घरबाटै बिक्री हुन थालेका छन्”, उनले भने, “यहाँ आएका पाहुनालाई स्थानीय उत्पादन खुवाउन पाइएको छ । साथै उत्पादित समान पनि घरघरबाट सहजै बिक्री हुँदा यसले आम्दानी बढाएको छ ।”

विगतमा स्थानीय उत्पादनको बिक्रीका लागि बजार पुर्याउनु पर्ने बाध्यतालाई घरबास सञ्चालनले अन्त्य गरिदिएको उनले बताए । घरबासमा आउने पाहुनालाई स्वागतार्थ प्रयोग गरिने फूलमालादेखि परिकार बनाएर खुवाउने खाद्यान्नको उत्पादनसमेत घरबासका कारण बढिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी भएको छैन्ः शिक्षा मन्त्रालय

कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी भएको छैन्ः शिक्षा मन्त्रालय

सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका...
रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद रिक्त भएको हो । केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएकोसम्बन्धी...
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

जसका लागि देशभरबाट उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरुलाई प्रवेश कार्ड बाँडिएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र पुनः सुचना जारी गर्दै २ बजेका लागि सारिएको...