नेभिगेशन
समाज

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी । मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको शिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका कारण ग्रामीण क्षेत्रका रमणीय स्थानहरू पर्यटनसँग जोडिन थालेका छन् ।

Everest cinsult

गाउँबाट जनशक्तिको पलायन राष्ट्रव्यापी समस्याका रूपमा देखिए पनि कतिपय गाउँमा घरबासका कारण गाउँ छोडेकाहरू पनि पुनः फर्कन थालेका छन् ।

हिमाल पारीको जिल्ला मुस्ताङस्थित ठिनी गाउँमा घरबास सञ्चालनमा आएसँगै उक्त क्षेत्रका स्थानीय उत्पादनले मूल्य पाउनुका साथै स्थानीयवासीका लागि रोजगारीका अवसर सिर्जना भएका स्थानीय युवा निरज थकालीले बताए । यहाँका घरबासले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै आएका उनको भनाइ छ ।

उनले भने, “ठिनी गाउँमा यहाँका स्थानीयले २०७२ सालदेखि घरबास सञ्चालन सुरु गरेकामा औपचारिक रूपमा २०७५ सालदेखि दर्ता गरिएको हो । घरबास सञ्चालनसँगै स्थानीय उत्पादन बिक्रीका लागि अन्यत्र जानु परेको छैन, उत्पादित कृषिजन्य वस्तु गाउँमा बिक्री हुने गरेका छन् ।” 
    
घरबास सञ्चालन र यहाँको पर्यटकीय गतिविधि बढ्दै जाँदा त्यसले स्थानीय उत्पादनमा पनि सकारात्मक प्रभाव पारेको बताउँदै थकालीले आसपासका जग्गामा खेती हुन थालेपछि जमिन बाँझो नभएको जानकारी गराए ।

उनका अनुसार मुस्ताङ क्षेत्रमा पछिल्लो समय आलु, स्याउ, खुर्पानी, सिमीलगायत उत्पादन बढेको छ । ठिनीका १० घरमा घरबास व्यवसाय सञ्चालन भइरहेको जनाउँदै उनले आएका पाहुनालाई स्थानीय उत्पादनका परिकारहरू खुवाउने, मौलिक कलासंस्कृतिले मनोरञ्जन प्रदान गर्ने गरिएको बताए ।

गाउँका पर्यटकीय स्थान जान्न र बुझ्न चाहनेका लागि पनि घरबास जीवन्त पाठशालाजस्तै बनेका उनको भनाइ छ । गण्डकी प्रदेशका जिल्लागत रूपमा तथ्याङ्कअनुुसार तनहुँमा ४७, पर्वतमा ४५, स्याङ्जामा ४४, कास्कीमा ३६, बागलुङमा २८, लमजुङमा २३, गोरखामा २२, नवलपरासी बर्दाघाट सुस्ता पूर्व र म्याग्दीमा १० र १०, मुस्ताङमा तीन र मनाङमा दुईवटा घरबास सञ्चालनमा छन् ।

अधिकांश सामुदायिक घरबासका रूपमा सञ्चालित छन् । गण्डकीमा घरबासको लहर बढिरहेको अवस्थामा कोभिड–१९ को महामारीका कारण भने केही समय सुस्ताएको थियो । पछिल्लो समय समयले साथ दिएसँगै घरबास व्यवसाय पुनः चलायमान बनेको सञ्चालकहरू बताउँछन् ।

घरबास सञ्चालनबाट स्थानीय उत्पादनको सहज बजारीकरणसँगै स्थानीयको रोजगारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताए ।

उनले भने, “घरबासका माध्यामबाट गाउँमा पर्यटकीय गतिविधि बढेसँगै कतिपय स्थानमा विगतमा विदेशिएका जनशक्ति पनि यही फर्केर व्यापार र व्यवसाय सञ्चालन गर्न थालेका छन् । घरबासले स्थानीयको रोजगारीसँगै कृषिजन्य उत्पादन बढाउन पनि ठूलो सहयोग पुगेको छ ।”

मञ्चले अघिल्लो वर्ष गण्डकी प्रदेशभित्रका घरबास सञ्चालकहरूलाई पोखरामा आमन्त्रण गरेर ग्रामीण पर्यटक पथप्रदर्शकको तालिमसमेत दिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

उनका अनुसार मञ्चमार्फत विभिन्न तालिमसँगै घरबास सञ्चालकबीच अनुभव आदानप्रदानलगायत कार्यक्रम पनि सञ्चालन गरिएका छन् । घरबास सञ्चालनले ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धन र मूल्य तथा रोजगारी र्सिजनामा महत्वपूर्ण योगदान पुगिरहेको उनले बताए ।

रोजगारी, उत्पादनसँगै स्थानीयवासीमा आतिथ्यताको भावना अभिवृद्धि गराउनसमेत उपयोगी बनिरहेका घरबास प्राचीन संस्कृतिको जगेर्नाका लागि पनि उत्तिकै सहयोगी बनेका छन् ।

गण्डकी प्रदेशका घरबासहरूमा हिमाली भेगमा पाइने तिब्बतीयन संस्कृतिदेखि तराईका थारु संस्कृतिसम्मको अनुभव लिन पाइन्छ । विभिन्न जातजाति, धर्म र संस्कृतिको अनुपम सङ्गमजस्तै बनेको यस प्रदेशमा ब्राह्मण, क्षेत्री, दलित, भोटे, गुरुङ, मगर, थारुलगायत विभिन्न समूदायका जातजाति तथा आदिवासीहरूका विभिन्न सस्कृति रहेका छन् ।

ठाउँ र परिवेश अनुसार यहाँका घरबासमा घाटु, कौरा, सोरठी, मारुनी, लठ्ठी नाच, झमरा नाच, डम्फु नाच, गोलेनी नाच, लोकभाका, झ्याउरे, भजन चुड्कालगायतका अनुभवसमेत लिन सकिन्छ ।

घरबास कार्यक्रम स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगार अभिवृद्धिका लागि वरदान सावित बनेको स्याङ्जाको पुतलीबजार नगरपालिका, भैँसेगौँडास्थित मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

“घरबासका कारण गाउँमा उत्पादित कुटिकरेला, साग, फर्सी, स्कुस, लोकल टमाटर, मह, घ्युलगायत उत्पादन घरबाटै बिक्री हुन थालेका छन्”, उनले भने, “यहाँ आएका पाहुनालाई स्थानीय उत्पादन खुवाउन पाइएको छ । साथै उत्पादित समान पनि घरघरबाट सहजै बिक्री हुँदा यसले आम्दानी बढाएको छ ।”

विगतमा स्थानीय उत्पादनको बिक्रीका लागि बजार पुर्याउनु पर्ने बाध्यतालाई घरबास सञ्चालनले अन्त्य गरिदिएको उनले बताए । घरबासमा आउने पाहुनालाई स्वागतार्थ प्रयोग गरिने फूलमालादेखि परिकार बनाएर खुवाउने खाद्यान्नको उत्पादनसमेत घरबासका कारण बढिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको...
इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका...
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती...
ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नभएका आयोजनाहरु सिरहा र सप्तरी क्षेत्रमा धेरै छन् । जसले स्थानीय जनतालाई निरन्तर सास्ती दिइरहेका छन्। तीमध्ये सबैभन्दा चर्चित र लामो समयदेखि अलपत्र...