नेभिगेशन
समाज

२४ घण्टामा २ हजार १०५ सवारी ट्राफिक कारबाहीमा, २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको हो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

भोलि (शनिबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि (आइतबार) दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म तत्काल राहत पुर्‍याउन प्राथमिकता दिनुपर्ने बताएका छन्।