नेभिगेशन
समाज

तीन दिनपछि खुल्यो अवरुद्ध बिपी राजमार्ग

काठमाडौँ । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो । वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई  धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ । गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको  थियो । हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।