नेभिगेशन
सबै कुरा

अर्थले प्राधिकरणलाई भन्यो- सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । 

अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । 

Dish Home
Global Ime Bank

सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम रु छ अर्ब आठ करोड बराबर छ । अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो । प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनःसंरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयबाट सरकारी निकायको बक्यौता रकम हिसाब मिलान गर्न नसकिने र उक्त रकम सम्बन्धित कार्यालबाटै असुलउपर गर्ने निर्णय भएको जानकारी प्राप्त भएको बताए। “विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुनबाँकी बक्यौतालाई सरकार र प्राधिकरणबीचको हिसाबमा मिलान गर्न प्रस्ताव गरेका थियौंँ, तर अर्थ मन्त्रालयबाट उक्त बक्यौता रकम ती निकायबाट असूलउपर गर्ने निर्णय भएको छ”,  कार्यकारी निर्देशक घिसिङले भने, “सोही  आधारमा हामीले बक्यौता रकम असूलीको प्रक्रिया अगाडि बढाएका छौँ ।”

प्राधिकरणले सडक बत्तीको वक्यौता रकम तिर्न अनुरोध गर्दै ४५ दिनको समयावधि दिई गत २१ असोजमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । 

प्राधिकरणले गत मङ्सिर ६ गते पुनः सार्वजनिक सूचनामार्फत सडक बत्तीको बक्यौता तिर्न पालिकालाई अनुरोध गरेको थियो । वितरण केन्द्रले आफ्नो क्षेत्रमा रहेका पालिकालाई बक्यौता तिर्न ताकेता गरिरहेको र नतिर्ने पालिकाको सडक बत्तीको लाइन काट्न सुरु गरिएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उल्लेख गरे । 

प्राधिकरणको विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ मा मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ । मिटर रिडिङ भएको १६औंँ दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँं दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । 

मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । 

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन जुनसुकैबेला काट्न सकिने प्रावधान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले बनाएको छानबिन समितिमा राप्रपा पनि असहमत, बैठक बहिष्कार

सरकारले बनाएको छानबिन समितिमा राप्रपा पनि असहमत, बैठक बहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि...
आफूहरुसँगको सहमति कार्यान्वयन गरेको भन्दै माओवादीको सरकारलाई धन्यवाद

आफूहरुसँगको सहमति कार्यान्वयन गरेको भन्दै माओवादीको सरकारलाई धन्यवाद

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले जेठ ३० गते माओवादीसंग भएको...
ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर–जडिबुटीमा उस्तै चाप (तस्विरहरु)

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर–जडिबुटीमा उस्तै चाप (तस्विरहरु)

कोटेश्वरदेखि जडिबुटीसम्मको सडक खण्डमा भने ट्राफिक जाम यथावत् छ। मुख्य चोकहरूमा पिक आवरमा अत्याधिक सवारी चाप कारण यात्रुहरु लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यता छ । पेप्सिकोलातर्फबाट र भक्तपुरतर्फबाट...
'अनुसन्धानकाे राडारमा रहेका शंकरदास बैरागीले भिजिट भिसाको कस्तो छानबिन गर्छन्?’ : डा. स्वर्णिम वाग्ले

'अनुसन्धानकाे राडारमा रहेका शंकरदास बैरागीले भिजिट भिसाको कस्तो छानबिन गर्छन्?’ : डा. स्वर्णिम वाग्ले

करदास बैरागी अहिलेका निगाहप्राप्प नेताहरुको स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले त्यो जिम्मेवारी लिनुहन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसलै उहाँ स्वयं सक्षम निकायहरुको राडारमा हुनुहुन्छ...

भर्खरै