नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्र सङ्घ साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले आयोजना गरेको यूएईमा जारी कोप–२८ अन्तर्गत ‘सबैका लागि प्रारम्भिक चेतावनी' सम्बन्धी छलफलमा उनीहरूबीच भेट भएको हो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्ड अति कम विकसित राष्ट्र (एलडीसी) का अध्यक्षको रुपमा सहभागी भएका थिए।

Ncell
Extreme Energy

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन गएको समयमा प्रचण्डको निमन्त्रणामा महासचिव गत कात्तिक २३ गते ४ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा उनले अन्नपूर्ण बेस क्याम्प, सगरमाथा आधारसिविर, पोखरा र लुम्बिनीको भ्रमण गर्नुका साथै संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन समेत गरेका थिए । 

भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओलीसहित सभामूख, राष्ट्रिय सभाका अध्यक्षसमेतलाई भेट गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...