नेभिगेशन
सबै कुरा

कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले पाए जिम्मेवारी

कोशी प्रदेशका ३ बिना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लामो समयदेखि जिम्मेवारी वीहिन रहेका शमसेर राई, कमल प्रसाद जवेगू र गणेश उप्रेतीलाई जिम्मेवारी दिएका हुन् ।

Ncell
Extreme Energy

कांग्रेसबाट मन्त्री बनेका शमशेर राईले आन्तरिक मामिला तथा कानुन, माअ‍ोवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जबेगु र उप्रेती कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका हुन् ।

३ मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिइएपनि प्रदेशका ५ मन्त्रालय मुख्यमन्त्रीले नै राखेका छन् । सामाजिक विकास, स्वास्थ्य, आर्थिक मामिला तथा योजना, खानेपानी–सिँचाइ तथा ऊर्जा, उद्योग कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहिन छन्  ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।