नेभिगेशन
समाज

श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ ।  

Ncell
Extreme Energy

यसैबीच श्रीलङ्काली प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) को प्रत्यक्ष पर्यवेक्षणमा प्रहरी मुख्यालयमा विशेष अपरेसन युनिट स्थापना गरेको बताएको छ । युनिटले सार्वजनिक सहायताका लागि समर्पित ल्यान्डलाइन र ह्वाट्सएप हटलाइनहरू खोलेको जनाएको छ ।

राष्ट्रव्यापी प्रहरी अधिकारीहरूलाई उनीहरूको डिभिजन भित्र मौसम–सम्बन्धित आपतकालिन व्यवस्थापन गर्न द्रुत–प्रतिक्रिया टोलीहरूमा नियुक्त गरिएको छ । डुङ्गा, ड्राइभिङ उपकरण र अन्य उद्धार उपकरणहरू तत्काल तैनातीका लागि तयार छन् । विपद् व्यवस्थापन केन्द्र, सशस्त्र बल र अन्य एजेन्सीहरूलाई संयुक्त आपतकालीन अपरेसनमा एकीकृत गरिएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारका घर र सम्पत्तिहरूको सुरक्षाका लागि थप सुरक्षा उपायहरू लागु गरिएको अधिकारीहरूले बताएका छन् । अस्थायी आश्रयमा बसोबास गर्ने मानिसहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

यसैबीच, अध्यागमन तथा आप्रवासन विभागले उडान रद्द र मौसम सम्बन्धी यात्रामा अवरोधका कारण फसेका विदेशी नागरिकहरूका लागि विशेष भिसा सुविधा उपायहरू सुरु गरेको छ । नोभेम्बर– २८  पछि प्रस्थान गर्न असमर्थ यात्रुहरूलाई भिसा विस्तार शुल्क र पेनाल्टी छुट दिइनेछ । पर्यटक, व्यापार र निवास भिसा भएकाहरुलाई समय थप गर्न सात दिनको अवधि प्रदान गरिएको छ ।

विभागले अल्पकालीन रुपमा भिसा अवधि अनलाइन बाटै थप गर्न सकिने र थप अद्यावधिकहरू जारी गरिने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि...