नेभिगेशन
मुख्य समाचार

इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । कुनै बेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समाजले अर्कै हिसाबले सोच्थ्यो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमा पर्नेहरूले पनि सामाजिक र विविध कारणले अपहेलित महसुस गर्थे । त्यही भएर उनीहरूले आफ्नो पहिचान खुलाउँदैथे । समाज क्रमशः आधुनिक र लोकतान्त्रिक हुँदै गएपछि यस समुदायमा पर्नेहरूले पहिचान र अधिकारका लागि आफूलाई खुलाउन थाले ।

विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा (संयुक्त) ले समानुपातिकमा सुनीलबाबु पन्तलाई सांसद बनाएपछि राजनीतिको मूल प्रवाहमा यो समुदायले स्थान पाउन थाल्यो । समयक्रममा राजनीतिप्रति सो समुदायको लगाव बढ्दै गएको छ । त्यसैको प्रतिफल हुनुपर्छ–पन्तसहितको परामर्शमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै राजनीति दल दर्ता गरेको छो ।

CG

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका तर्फबाट समावेशी समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ भने आइतबार नै सो दलले आसन्न निर्वाचनका लागि निवेदन दिएको छ । महिला, दृष्टिविहीन, अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिन लागेका हुन् । 

आज आयोगका सचिव माहादेव पन्थले सो दलका अध्यक्ष नुमा लिम्बू (चञ्चला) लगायतलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दा दलका पदाधिकारी र सदस्यमा बेग्लै प्रकारको खुसी देखिएको थियो । उनीहरूमा ‘अब आफ्ना लागि आफैँले केही गर्न लागिएको’ अनुभूति भइरहेको देखिन्थ्यो । लिड नेपालकी कार्यकारी निर्देशक तथा हाल मायाको पहिचान नेपालमा आबद्ध अध्यक्ष लिम्बू तेस्रोलिङ्गी हुन् । आयोगको इतिहासमा तेस्रोलिङ्गी अध्यक्ष रहेको पहिलो दल पनि यही हुन पुगेको जनाइएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निवेदन दिने १२० दलभित्र समावेशी समाजवादी पार्टी पनि समाविष्ट भएको छ । आफूहरू दशकौँदेखि राज्य र राजनीतिबाट वञ्चित हुँदै आएकाले राजनीतिक यात्रामा होमिएको अध्यक्ष लिम्बूको प्रतिक्रिया थियो । “दल दर्तासँगै नेपालको राजनीतिक इतिहासमा पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफूलाई अरूको भोट बैङ्क होइन, अधिकार र प्रतिनिधित्वको दाबीसहित स्वतन्त्र राजनीतिक शक्ति बनाउन थालेको सन्देश दिन खोजेका छौँ,” प्रसन्न मुद्रामा उनले भने, “अब हामीले एकताबद्ध भएर यस समुदायका लागि राजनीतिक क्षेत्रबाट अधिकारको नयाँ लडाइँ लड्नुपर्नेछ । विद्यालयदेखि समाज, कार्यालय तथा सडकका गल्लीसम्म भोगेका गाली–गलौज, अपमान, पहिचान र नागरिकताको सङ्घर्षले दल खोल्न प्रेरणा पाएका हौँ । हामी प्रतिनिधित्व बेच्न होइन, अस्तित्व र पहिचान लिएर राष्ट्रिय राजनीतिमा उभिएका हौँ ।” 

उक्त दलका केन्द्रीय सदस्य ‘मिस्टर गे हेन्डसम नेपाल’ विश्वराज अधिकारीले अरू दलले आफूहरूलाई अलमल्याउने र मत मात्रै लिने नीति लिएको जिकिर गर्दै अब आफैँ राजनीतिक दलबाट अग्रसर हुन लागेको बताए । 

गत कात्तिक २४ गते काठमाडौँमा राष्ट्रिय भेला गरेर दल स्थापनाका लागि २१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको उक्त पार्टीले कात्तिक २७ मा आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । नेपालमा पुरुष र महिलाभन्दा भिन्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी, दुईलिङ्गी) व्यक्तिको पहिचान स्थापित भइसकेको छ ।

पहिल्लो राष्ट्रिय जनगणनाअनुसार नेपालमा यस समुदायका दुई हजार २८ नागरिक भएको देखाइएको छ । यस समुदायका अधिकारकर्मीले भने विविध कारण पहिचान खुलाउन समस्या भएकाले आँकडामा धेरै सङ्ख्या नदेखिए पनि कुल जनसङ्ख्याको आठ देखि १० प्रतिशत आफूहरूको सङ्ख्या रहेको दाबी गर्छन् । 

निर्वाचन आयोगको विवरणअनुसार गत कात्तिक १६ गतेसम्ममा कुल एक करोड ८१ लाख ६८ हजार २३० मतदाता पुरुष र महिला रहेकामा १८७ जना अन्य मतदाता रहेका छन् । निर्वाचन घोषणा भएपछि झण्डै साढे आठ लाख नयाँ मतदाता थपिएकामा अन्य मतदाताको यकिन विवरण आइसकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।
सडक दुर्घटनामा एक जनाको मृत्यु

सडक दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।
आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।
प्रहरी जवान राजेन्द्र थापा, जसले आफ्नो ज्यान दाउमा राखेर भिरमा अड्केकी रजनालाई जोगाए

प्रहरी जवान राजेन्द्र थापा, जसले आफ्नो ज्यान दाउमा राखेर भिरमा अड्केकी रजनालाई जोगाए

बुुबा हिरा बहादुर स्याङताङका अनुसार छोरी रजना साथीसँग भेट्न जाने क्रममा करिब बेलुका करिब साढे ६ बजेदेखि ७ बजेको बीचमा भिरबाट खसेकी हुन् । छोरी खसेको बिषयमा गाउँकै...