नेभिगेशन
मुख्य समाचार

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् । 

धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गरेको गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलले जानकारी दिए।

CG

“प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,” उनले भने, “गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत अनुगमनमा रहेको थियो ।”

गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए । भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय पक्षबाट ठेक्का भएर निर्माण व्यवसायीले काम थालिसकेका छन् । निर्माण व्यवसायीले निर्माण उपकरण भारतबाट आयोजनाका लागि आयात प्रक्रिया थालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

सोमबार ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८०...
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता

मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता

राष्ट्र बैङ्कका अनुसार ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई छ...
आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्नेः स्वास्थ्यमन्त्री शर्मा

आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्नेः स्वास्थ्यमन्त्री शर्मा

सोमबार मन्त्रालयमा बाजुरामा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाउन आएका युवाहरुसंगको छलफलका क्रममा मन्त्री गौतमले फागुनसम्ममा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी हुन ।...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अहिले दिउँसो २ः४५ बजेदेखि केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा सुरु भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका...