नेभिगेशन
समाज

आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्नेः स्वास्थ्यमन्त्री शर्मा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो छोटो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार मन्त्रालयमा बाजुरामा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाउन आएका युवाहरुसंगको छलफलका क्रममा मन्त्री गौतमले फागुनसम्ममा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी हुन । निर्वाचनको आचारसंहिता लागू हुनुभन्दा पहिलेनै छिटो रफ्तारमा काम गर्न आफुले मातहतका निकायलाई निर्देशन समेत दिएको उनले बताइन ।

Ncell
Extreme Energy

मन्त्री गौतमले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकलको पढाइ सुरु गर्ने प्रयास भइरहेको भन्दै आवश्यक जनशक्ति प्रवन्धको तयारी भइरहेको जानकारी दिइन । उनले गेटामा आवश्यक स्रोत साधन उपलव्ध गराउन मन्त्रालय प्रतिवद्ध रहेको बताइन ।

त्यस्तै मन्त्री गौतमले बाजुरा जिल्ला अस्पताललाई सुदृढिकरण गर्न केन्द्रले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिन । उनले सुदूरपश्चिम र कर्णालीलाई उच्च प्राथमिकतामा राखेर नयाँ सरकारले काम गरिरहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा अनिवार्य गरेको छ।
सुन झुलेका फाँट (तस्बिरकथा)

सुन झुलेका फाँट (तस्बिरकथा)

मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू यतिबेला सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पाक्दै गरेको मार्सी धानले फाँटहरू आकर्षक देखिएका छन्।
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।