नेभिगेशन
समाज

दश देशका कलाकारका चित्रकला प्रदर्शन

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरु प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कलाहरु संस्कृति तथा सम्पदामा केन्द्रित छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताए । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरु प्रदर्शनीमा राखिएका छन् । ‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गर्नुभएका कलाकार उत्तम डङ्गोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास गरेका छन् ।

Ncell
Extreme Energy

पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उनले चित्र सिर्जना गरेका छन् । उनले भने, “पशुपतिमा देखिने विषयहरु हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा रुपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।”

तेल रङ्गमा कला प्रस्तुत गरेकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काएकी छन् । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुराना संस्कृति गाउँ र परम्परालाई उनले देखाएकी हुन । उनले भनिन्, “परम्परागत कलामा प्रायः मानिसहरुले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो जुन हराएको संस्कृतिलाई उठान गरेकी छु ।”

उक्त कलाको संयोजन गरेकी कलाकार सुष्माराज भण्डारीले गणेशको सिरिज प्रस्तुत गरेकी छन् । उनले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतारेकी हुन । उनले बनाएको चित्र एक लाखमा बिक्रीसमेत भइरहेको छ । अन्य पाँच र छवटा चित्रहरु बिक्री भएको पनि उनले बताए ।

नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् । नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डङ्गोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।